प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गतेको घटना बेवारिसे बनेको भन्दै राजावादीहरूलाई कटाक्ष गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जबाफ दिँदै उनले चैत १५ को घटनाको आह्वान कसले गरेको भन्दै प्रतिप्रश्न गरेका हुन्।
नीति तथा कार्यक्रममाथि छलफलको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारले संविधानको धारा २७० उल्लंघन गरेको बताएका थिए। फरक विचार र आस्था राख्नेलाई सरकारले निषेध गर्न खोजेको उनले आरोप लगाएका थिए।
‘धारा २७० ले अधिकार दिन्छ नै। तब न हामी संसदमा छौं। अधिकार पाइएन र! हामी संसदमा छौं। विचार व्यक्त गर्न पाइन्छ। थोत्रो पनि विचार व्यक्त गर्न पाइन्छ। आह्वान कसले गरेको थियो चैत १५ गतेको। त्यस वितण्डाको आयोजक को थियो? अहिले कोही माईबाप नै निस्किँदैन त्यो दिनको घटनाको। बेवारिसे। जन्माउने को हुन्? मातापिता को हुन्? पत्तो छैन अहिले त,’ उनले भने, ‘तपाईं हो भन्दा होइन, तपाईं हो भन्दा म त होइन। कोही पनि होइन। सबै निर्दोष छ।’
प्रधानमन्त्री ओलीले तीनकुने लगायत क्षेत्रका ती घर आफै दशा लागेर जले? भन्दै प्रतिप्रश्न गरेका हुन्।
‘के त्यो जडिबुटीको औषधी कारखाना दिक्क लागेर अब जल्छु भनेर आत्मदाह गरेको हो, त्यसले। त्यत्रो गरेको छ त मान्छे को हो? यो चाहिँ २७० ले भन्दैन, दिँदैन,’ उनले भने।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘कि राजा ल्याउने सम्झौता गर होइन भने भाग्न तयार होऊ’ भनेको भन्दै त्यसको पनि टिप्पणी गरे थप भिडियोमा हेर्नुहोस
प्रतिक्रिया