भारत–पाकिस्तान सैन्य तनाव चरम: मोदीको उच्चस्तरीय बैठक

इनेप्लिज २०८२ वैशाख २७ गते ११:४७ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँगको सैन्य तनावका बीच शीर्ष सुरक्षा तथा सैन्य अधिकारीहरूसँग उच्चस्तरीय बैठक गरेका छन्। बैठकमा रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल, तथा थल, जल र वायु सेनाका प्रमुखहरू सहभागी थिए।

प्रधानमन्त्री कार्यालयले बैठकको विस्तृत विवरण नदिए पनि, यो बैठक पाकिस्तानले भारतमाथि क्षेप्यास्त्र र मानव रहित यान (ड्रोन )आक्रमण गरेपछि भएको हो।

उता, पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले भने, “पाकिस्तानलाई आफ्नो सार्वभौमसत्ता र नागरिकको रक्षा गर्न निर्णायक जवाफ दिनु बाहेक अर्को विकल्प थिएन।” उनले भारतको “आक्रामकता” को सामना गर्न पूरा देश एकजुट रहेको बताए।

पाकिस्तानले भारतले लगातार चौथो रातपनि आफ्नो भूमिमा क्षेप्यास्त्र आक्रमण गरेको आरोप लगाउँदै ‘बुनयान मर्सूस’ नामको ठूलो सैन्य अभियान थालेको छ। यो नाम अरबी भाषामा “सिसाको बनावट भएको संरचना” भन्ने अर्थ दिन्छ।

इस्लामाबादका अनुसार यो अभियान अन्तर्गत भारतका कम्तीमा ६ वटा सैन्य ठाँउहरूलाई लक्ष्य बनाइएको छ। तर भारतले पाकिस्तानलाई नै आक्रमणको दोषी ठहर गर्दै आफ्ना सैन्य आधारहरूमा आक्रमण गरेको दाबी गरेको छ।

तस्बिर कृतज्ञता :प्रधान मन्त्री नरेन्द्र मोदी(सामाजिक संजाल -एक्स)

प्रतिक्रिया