सिन्धुली २०८१ बैशाख २५
रुद्रबहादुर खड्का
मिति २०८२ वैशाख २३ गते हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्रझ्याडि स्वास्थ्य चौकीमा निःशुल्क आँखा र दाँत सम्बन्धी शिविर शुरु भई आज सम्पन्न भएको छ ।हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा काठमान्डौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा शिविर सञ्चालन आँखा र दाँत सम्बन्धी शिविर सञ्चालन भएको हो । आज तीन दिन निःशुल्क शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले भौगोलिक विकटता र जटिलताका कारण तथा असहाय, आर्थिक अभावका कारण आँखा र दन्त जाँचबाट वञ्चित नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले निशुल्क शिविर सञ्चालन गरिएको बताए । आँखा र दन्तको सामान्य देखि जटिल रोग परिक्षणको लागि पनि बाहिर जानुपर्ने भएकोले ग्रामीण भेगका जनताले सास्ती खेपिरहनुपरेको भन्दै आम गाउँ बासी जनतालाई स्थानिय सरकारले अभिभावकत्व वहन गर्ने गरी काम गरिएको उनको भनाई छ ।
गाउँपालिकाले जनस्वास्थ्यलाई प्राथमिकता दिदै विभिन्न कार्यक्रम सन्चालन गर्दै आइरहेको उल्लेख गर्दै समयमै रोग पहिचान गरि नागरिकहरूको स्वास्थ्य जोखिमलाई न्युनिकरण गर्न सकिने तथा रोग लागेकालाई विशेषज्ञ डाक्टरहरु मार्फत सोहि शिविरमा आवश्यक उपचारको व्यवस्था गरिने उनले बताए ।
शिविरमा आँखा विशेषज्ञ डाक्टरद्वारा आँखा जाँच मोतीविन्दुको विरामी पहिचान गरि तत्काल शल्यक्रिया निशुल्क चश्मा तथा औषधी वितरण गरिएको छ । यसै गरि दन्त विशेषज्ञ डाक्टर मार्फत दाँत प्रशिक्षण सफाई गर्नुको साथै दाँत निकाल्ने, निशुल्क औषधी वितरण तथा परामर्श गरिएको थियो ।
प्रतिक्रिया