पाकिस्तानले भारतबाट उडाइएका २५ वटा मानवरहित यान (ड्रोन) खसालेको दाबी गरेको छ । पाकिस्तानले यसलाई “गम्भीर उक्साहट” भन्दै क्षेत्रीय सुरक्षामाथि खतरा भएको चेतावनी दिएको छ। यस आक्रमणमा चार जना पाकिस्तानी सैनिक घाइते भएका छन् भने एक जना सर्वसाधारणको मृत्यु भएको छ।
पाकिस्तानी सेनाले जनाएको अनुसार, देशभरका विभिन्न स्थानबाट इजरायली उत्पादन ‘ह्यारोप’ मानव रहित यान (ड्रोन)को भग्नावशेष फेला पारिरहेको छ।
ह्यारोप मानव रहित यान (ड्रोन)हरू इजरायलको एक प्रतिस्थनद्वारा निर्माण गरिएका लामो दूरीसम्म पुग्न सक्ने उडान बम’ हुन्, जसलाई मानवद्वारा सञ्चालन गरिन्छ।
पाकिस्तानी सेनाका प्रवक्ता प्रमुख लेफ्टिनेन्ट जनरल (रथी)अहमद शरीफ चौधरीले बुधबार रातिदेखि बिहीबार बिहानसम्म १२ वटा ह्यारोप माव्व रहित यान (ड्रोन) खसालिएको बताए। “यो गम्भीर उक्साहट हो,” उनले भने, “यसले केवल क्षेत्रीय सुरक्षा मात्र होइन, समग्र शान्तिमा खतरा ल्याउँछ।”
मानव रहित यान आक्रमण रावलपिन्डीदेखि लिएर कराँचीसम्मका विभिन्न ठाउँमा गरिएको चौधरीले बताए। लाहोर नजिकै एउटा मानव रहित यान (ड्रोन)ले आंशिक रूपमा निशाना भित्र परेको र त्यहाँ चार जना सैनिक घाइते भएका छन्।
सिन्ध प्रान्तको दक्षिणपूर्वी क्षेत्रमा ड्रोन गतिविधिका कारण एक सर्वसाधारणको ज्यान गएको र अर्को घाइते भएको पनि उनले जानकारी दिए। चौधरीका अनुसार पाकिस्तानको हवाई सुरक्षा प्रणाली अहिले उच्च सतर्कतामा रहेको छ।
प्रतिक्रिया