राष्ट्रपति ट्रम्पको कडा कदम: ‘क्रूर अपराधीहरू’का लागि प्रसिद्ध अलकाट्राज कारागार पुनः सञ्चालनमा ल्याउने आदेश

इनेप्लिज २०८२ वैशाख २२ गते १:०१ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार आफ्नो सामाजिक संजाल ट्रुथ सोसल मार्फत एक महत्वपूर्ण घोषणा गर्दै अमेरिकाको सबैभन्दा कुख्यात अपराधीहरूलाई थुनिनका लागि प्रसिद्ध अलकाट्राज टापुस्थित झ्यालखाना पुनः खोल्न र विस्तार गर्न सङ्घीय कारागार विभागलाई आदेश दिएका छन्।

“हामी अब अपराधीहरू, गुण्डाहरू र आफ्नो कर्तव्य पूरा गर्न डराउने न्यायाधीशहरूको बन्धक बन्ने छैनौं,” ट्रम्पले लेखे। “हामी ती अवैध रूपमा देश छिरेका अपराधीहरूलाई हटाउन पाउनु पर्छ।”

सन् १९६३ मा संचालन खर्च धेरै र संरचनाको अवस्था कमजोर भएपछि यो कारागार बन्द गरिएको थियो। त्यसपछि सन् १९७३ देखि यो स्थल संग्रहालयको रूपमा सञ्चालन हुँदै आएको छ । हरेक वर्ष १० लाखभन्दा बढी पर्यटकहरूले भ्रमण गर्ने आकर्षक गन्तव्य बनेको छ।

ट्रम्पको यो निर्णयले अमेरिकामा कानुनी कठोरता र आप्रवासन नियन्त्रणबारे नयाँ बहस सुरु गराएको छ। उनले जनताको सुरक्षालाई उच्च प्राथमिकता दिंदै अलकाट्राजलाई फेरि कडा सुरक्षा कारागारको रूपमा फर्काउने तयारी गरेका हुन्।

अलकाट्राज जेल एक ऐतिहासिक र प्रसिद्ध उच्च-सुरक्षा कारागार हो जुन संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहर नजिकैको अलकाट्राज टापुमा अवस्थित छ।

यो सञ्चालन सन् १९३४ देखि १९६३ सम्म संचालनमा ल्याईएको थियो । सन् १९७३ देखि संग्रहालयको रूपमा सञ्चालन हुँदै आएको छ । यो झ्यालखाना सबैभन्दा खतरनाक र हिंस्रक अपराधीहरू राख्न प्रयोग गरिन्थ्यो। कैदीहरूका लागि भाग्न असम्भव मानिन्थ्यो, किनभने टापु चारैतिर चिसो पानी र बलियो धारले घेरिएको छ। आजको दिनमा, अलकाट्राज एक लोकप्रिय पर्यटकीय स्थल बनेको छ जहाँ लाखौं मानिसहरू इतिहास बुझ्न र पुरानो कारागार अवलोकन गर्न पुग्छन्।

प्रतिक्रिया