चीनले अमेरिकासँग व्यापार वार्ता सुरु गर्ने प्रस्तावबारे “मूल्याङ्कन भइरहेको” बताएको छ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले शुक्रबार एक विज्ञप्तिमा भने, “अमेरिकाले हालै विभिन्न माध्यममार्फत चीनलाई सन्देश पठाएको छ र वार्ता सुरु गर्ने चाहना देखाएको छ। हामी मूल्याङ्कन गर्दैछौं।”
यो टिप्पणीले चीनको कठोर अडानमा केही नरम संकेत देखिएको बुझिन्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क युद्धका कारण द्विपक्षीय तनाव उच्च छ। ट्रम्पले पछिल्ला दिनहरूमा चीनसँग व्यापार सम्झौताका लागि छलफल भइरहेको बताउँदै आएका छन्, तर चीनले बारम्बार अस्वीकार गर्दै आएको थियो।
चीनले कुनै पनि वार्ता केही पूर्वशर्तहरू पुरा भएपछि मात्र सम्भव हुने पुनः दोहोर्याएको छ । “भन्सार कार युद्ध अमेरिका एकतर्फी रूपमा सुरु गरेको हो। वार्ता गर्न चाहन्छ भने, अमेरिका गल्ती स्वीकार्न र एकपक्षीय शुल्क हटाउन तयार हुनुपर्छ,” प्रवक्ताले भने।
अमेरिकी विदेशसचिव मार्को रुबियोले पनि चीनको अर्थतन्त्रमा शुल्कको गहिरो असर परेको बताउँदै भने, “चीन वार्ता गर्न चाहन्छ, चाँडै छलफल सुरु हुनेछ।”
राष्ट्रपति ट्रम्पले हालै १४५% सम्म शुल्क वृद्धि गरेपछि, चीनले पनि अमेरिकी सामानमा १२५% कर बढाएको छ। यसले चीनको कारखाना र निर्यात प्रणालीमा ठूलो असर पारेको छ, जुन गत १६ महिनामा सबैभन्दा तीव्र गिरावट देखिएको हो।
यद्यपि ट्रम्पले केही नरम भाषा प्रयोग गर्दै शुल्क “धेरै घटाउने” र वार्ता टेबलमा “नम्र” हुने बताएका छन् । तर चीनले अझै स्पष्ट अडान लिएको छ , “हामी घुँडा टेर्दैनौं।”
प्रतिक्रिया