रुसको युद्धमा उत्तर कोरियाली बलिदान: ४,७०० सैनिक मध्ये ६०० को मृत्यु ,२ हजार घाइते

इनेप्लिज २०८२ वैशाख १७ गते १०:३६ मा प्रकाशित

दक्षिण कोरियाको जासुसी निकायले बुधबार सांसदहरूलाई करिब ४,७०० उत्तर कोरियाली सैनिकहरू युक्रेन विरुद्धको युद्धमा रूसको पक्षमा लड्दा मारिएका वा घाइते भएको जानकारी दिएका छन् ।

उत्तर कोरियाले पहिलो पटक कर्स्क क्षेत्र पुनः कब्जा गर्न रूसलाई सहयोग गर्न लडाकु सैनिकहरू पठाएको पुष्टि गरेको पछि यो आएको हो । गत वर्ष युक्रेनी आक्रमणले सो क्षेत्र गुमेको थियो।

सांसद ली सुङ क्वनका अनुसार, दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाका अनुसार ती ४,७०० मध्ये ६०० सैनिकको मृत्यु भएको छ भने २,००० घाइते सैनिकहरू जनवरीदेखि मार्चबीच विमान वा रेलमार्फत उत्तर कोरिया फर्काइएका थिए। मृत सैनिकहरूलाई रूसमै दाहसंस्कार गरिएर अस्थी मात्र पठाइएको थियो।

यस अघि जनवरीमा ३०० मरेका र २,७०० घाइतेको अनुमान गरिएको थियो, जुन पछिल्लो महिनामा ४,००० सम्म बढाइएको थियो।

सोमबार उत्तर कोरियाले घोषणा नेता किम जोङ उनले “यूक्रेनी नव-नाजीहरूलाई नष्ट गर्न” रूसी सेनासँग मिलेर सेना पठाउने निर्णय गरेका हुन्। राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियालाई धन्यबाद दिँदै उत्तर कोरियाको बलिदान कहिल्यै नभुलिने बताए ।

दुवै देशबीच सन् २०२४ को रक्षा सम्झौता अनुसार यस्तो सैन्य सहायता आवश्यक पर्दा एकअर्कालाई सहयोग गर्ने व्यवस्था गरिएको छ।

अन्तिम प्रतिवेदन अनुसार १०,०००–१२,००० उत्तर कोरियाली सैनिकहरू रूस पठाइएको र हालै १५,००० श्रमिकहरू औद्योगिक सहकार्य अन्तर्गत पठाइएको दक्षिण कोरियालियो गुप्तचर संस्थाको भनाई छ।

प्रतिक्रिया