अमेरिकाको मेरिल्याण्डस्थित एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई एल साल्भाडोरमा निर्वासित गरिएको एक २० वर्षीय युवकलाई फिर्ता ल्याउन आदेश दिएकी छिन्।
संघीय जिल्ला न्यायाधीश स्टेफनी ग्यालेगर ट्रम्पद्वारा नियुक्त न्यायाधीशले यो फैसला सुनाउँदै क्रिस्टियन नामक युवकको निर्वासनले गृह सुरक्षा विभाग र शरणार्थी बालबालिकाबीच भएको सन् २०२३ को सम्झौता उल्लङ्घन गरेको जनाएकी छिन् ।
क्रिस्टियन ती हजारौं आप्रवासीहरूमध्ये एक हुन् जसले बाल्यकालमा एक्लै अमेरिकामा अवैधानिक रूपमा प्रवेश गरेपछि शरणको माग गरेका थिए।
उनलाई विदेशी शत्रु ऐन (एलियन इनिमीज एक्ट’)अन्तर्गत गत महिना एल साल्भाडोर पठाइएको थियो।
तर न्यायाधीश ग्यालेगरले भने क्रिस्टियनमाथि लागू हुने सम्झौताले उनीहरूको निर्वासन रोकेको स्पष्ट पारिन्।
यो मुद्दा अहिले अमेरिकाभरिका संघीय अदालतहरूमा बहसको विषय बनेको छ।
यसले ट्रम्प प्रशासनद्वारा शरणार्थी र आप्रवासीहरूमाथि अपनाइएको नीतिको कानुनी वैधता माथि ठूलो प्रश्न उठाएको छ।
अदालतको यो आदेशसँगै अन्य यस्तै मुद्दाहरूमा पनि असर पर्ने संकेत देखिएको छ ।
प्रतिक्रिया