सनातन हिन्दू मन्दिर निर्माणका लागि लुइभिलमा चार लाख डलरमा जमिन खरिद सम्पन्न

इनेप्लिज २०८२ वैशाख ११ गते ०:०२ मा प्रकाशित


लुइभिल, केन्टकी । केन्टकी राज्यको लुइभिल शहरमा सनातन हिन्दू मन्दिर निर्माणका लागि भूटानी नेपाली हिन्दू समाजले ऐतिहासिक सफलता प्राप्त गर्दै जग्गा खरिदको कामलाई पूर्णता दिएको छ ।


नेपाली भाषी समुदायको वाक्लो उपस्थिति भएको लुइभिल शहरमा मन्दिर निर्माणका लागि लामो समयदेखि प्रयास हुंदै आएकोमा मंगलवार ४ लाख डलरमा ४ एकर जग्गा खरिद प्रक्रिया पुरा भएपछि मन्दिर निर्माण कार्यले तीव्रता लिएको मन्दिर निर्माणमा अग्रता लिइराख्नु भएका भूटनीज अमेरिकन हिन्दू समाज (वास)का अध्यक्ष लीला मिश्रले जानकारी दिनुभयो ।


मन्दिर निर्माणको लागि जग्गा खरिद गर्न स्थानीय भूटानी नेपाली समुदायका करिव दुइ सय परिवारले सहयोग प्रदान गरेकाथिए । जग्गा खरिदको प्रकृया पुरा गरेपछि मन्दिर निर्माण स्थलमा मंगलवार नै समुदायका सदस्यहरुले पुजा अर्चना गरेका थिए ।
सनातन हिन्दू मन्दिरसंगै प्रार्थना कक्ष तथा सोही परिसरमा वहुउदेश्यीय सामुदायिक भवन समेत निर्माण हुनेछ जसमा व्यायामशाला, भलिवल कोर्ट, पारिवारिक समारोह र सामुदायिक कामका लागि स्थान उपलव्ध हुनेछ ।

जग्गा खरिदका लागि सहयोग गर्ने सम्पूर्ण चन्दादाताहरुलाई सनातन हिन्दू मन्दिर परिवारले धन्यवाद ज्ञापन गर्दै मन्दिर निर्माणको क्रममा जोडिरहन अपिल पनि गरेको छ ।
मन्दिर तथा वहुउदेश्यीय सामुदायिक भवन निर्माणका लागि पच्चिस लाख डलर खर्च हुने अनुमान गरिएको अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।

मन्दिर निर्माणका लागि सहयोग जुटाउन भूटनीज अमेरिकन हिन्दू समाज, नेपाल अमेरिका सोसाइटी (नास्क) लगायतका संघसंस्थाहरुले सक्रियतापूर्वक भूमिका निर्वाह गरिरहेका छन् ।मन्दिर निर्माणका लागि संसारभर रहेका शुभेच्छुकहरुले चन्दा प्रदान गर्न सक्नेछन् । चन्दा प्रदान गर्न सहज होस भन्ने उदेश्यले मन्दिर निर्माण परिवारले चेक वा जेल जुनसुकै प्रकृयालाई पनि अपनाउन प्रक्रिया समेत सार्वजनिक गरेको छ ।

मन्दिर निर्माणमा सहयोग गर्नेहरुको केही प्रतिनिधिमुलक तस्विरहरु :

प्रतिक्रिया