विटकोफले रुबियोका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीनपटक भेट गरिसकेका छन्।
अमेरिकी विदेश सचिव मार्को रुबियोले शुक्रबार पेरिसमा आयोजित उच्चस्तरीय बैठकपछिको पत्रकार सम्मेलनमा भने अमेरिका युक्रेन र रूसबीचको शान्ति सम्झौता गराउने प्रयासबाट हात झिक्न तयार हुन सक्छ, यदि केही दिनभित्रै यसमा कुनै प्रगति देखिएन भने।
अमेरिका, युक्रेन र युरोपेली अधिकारीबीच भएको ऐतिहासिक वार्तालाई “सार्थक” भन्दै रुबियोले शान्तितर्फको प्रारम्भिक रूपरेखा तय गरिएको जनाए। फ्रान्सेली अधिकारीका अनुसार यही ढाँचामा अर्को बैठक लन्डनमा छिट्टै हुनेछ, जसमा रुबियो पनि सहभागी हुनसक्ने बताएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेन-रूसबीच युद्धविराम गराउने प्रयास जारी राखेपनि हालसम्म निर्णायक सफलता हासिल गर्न सकेको छैन। रुबियोका अनुसार अबको केही दिनभित्रै यो प्रक्रिया सम्भव छ कि छैन भन्नेबारे निर्णय गर्नुपर्ने अवस्था आएको छ।
ट्रम्पको नेतृत्वमा पहिलोपटक फ्रान्समा भएको यो बैठकले युक्रेनको सुरक्षामाथि केन्द्रित छलफल गर्यो। युरोपमा ट्रम्पको रूससँगको सम्भावित समीपता प्रति चासो बढ्दो छ।
अमेरिकाबाट रुबियो र राष्ट्रपति दूत स्टिभ विटकोफले वार्ताको नेतृत्व गरेका छन्। विटकोफले रुबियोका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीनपटक भेट गरिसकेका छन्।
तर, रूसले ट्रम्प समर्थित व्यापक युद्धविरामलाई अस्वीकार गर्दै युक्रेनको सैन्य परिचालन र पश्चिमी हतियार आपूर्ति रोक्नुपर्ने शर्त राखेको छ, जसलाई युक्रेनले अस्वीकार गरेको छ।
प्रतिक्रिया