अमेरिकाको संघीय न्यायाधीश इन्दिरा टलवानीले सोमबार एक ऐतिहासिक निर्णय सुनाउँदै ट्रम्प प्रशासनलाई ५३०,००० भन्दा बढी आप्रवासीहरूको कानुनी स्थिति र काम गर्ने अनुमति दिने खारेज गर्न रोक लगाएकी छिन्। यी आप्रवासीहरू क्युबा, हेटी,, निकारागुआ, र भेनेजुएलाबाट राष्ट्रपति जो बाइडेनको विवादास्पद मानवीय आश्रय कार्यक्रम अन्तर्गत अमेरिका प्रवेश गरेका थिए।
बाइडेन प्रशासनले यो कार्यक्रम सन् २०२३ मा कार्यान्वयनमा ल्याएको थियो, जसले अमेरिकी प्रायोजक भएका आप्रवासीहरूलाई हवाइजहाज मार्फत अमेरिका प्रवेश गर्ने अनुमति दियो, र दुई वर्षका लागि पेरोल स्थिति दिइएको थियो । यसको उद्देश्य दक्षिणी सीमाबाट गैरकानुनी प्रवेशलाई घटाउनु र आप्रवासीहरूको उचित परीक्षण गर्नु थियो।
तर ट्रम्प प्रशासनले यस कार्यक्रमको अवैधता र केही सहभागीहरूमा आपराधिक आरोप (जस्तै बाल बलात्कार) का कारण यसको अन्त्यको घोषणा गरेको थियो। गत मार्चमा, ती आप्रवासीहरूलाई अप्रिल २४ भित्र अमेरिका छोड्न निर्देशन दिइएको थियो।
तर न्यायाधीश टलवानीले भने प्रत्येक आप्रवासीको स्थिति व्यक्तिगत रूपमा समीक्षा गरिनु पर्छ भन्दै सामूहिक रूपमा स्थिति खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयलाई रोक लगाइन्।
यो फैसलाले ट्रम्प प्रशासनले बाइडेनकै कार्यकारी अधिकार प्रयोग गरेर प्रदान गरिएको अस्थायी स्थिति उल्ट्याउन नसक्ने देखाएको छ । ट्रम्प पक्षका एक अधिकारीले भने, “यो कानूनविहीन अत्याचार हो।”
प्रतिक्रिया