ट्रम्पको दाबी: विशेष सम्झौताको लागि जापान, कोरिया र अरू देशहरू अमेरिका आउँदैछन्

इनेप्लिज २०८१ चैत २६ गते ११:१४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोइला उद्योगसँग सम्बन्धित कार्यकारी आदेशमा हस्ताक्षर गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै नयाँ शुल्कबारे पनि प्रतिक्रिया दिएका छन्।

विशेष अनुकूल सम्झौता गर्न जापान, दक्षिण कोरिया र अन्य देशहरू अमेरिका आउँदैछन् , ट्रम्पले भने । यी सबै अत्यन्तै विशेष र देश अनुसार मिलाइएको सम्झौताहरू हुनेछन्। सम्झौता गर्न अहिले जापान अमेरिका आउँदैछ। दक्षिण कोरिया पनि आउँदैछ। अरू पनि आउँदैछन्।

भन्सार शुल्क मध्यरातबाट मात्रै लागू हुने भए पनि ट्रम्पले कुनै प्रमाण नदिई दाबी गर्दै भने अमेरिकाले हालै मात्र शुल्कमार्फत दैनिक २ बिलियन डलर कमाइरहेको बताए ।

“हाम्रो समस्या चाहिँ त्यति छिटो सबैलाई भेट्न सकिदैन । तर त्यो आवश्यक पनि छैन,” उनले भने। “किनकि अहिले जसरी पैसा भित्रिरहेको छ, त्यस्तो पहिले कहिल्यै देखिएको थिएन। यो अमेरिका लागि निकै फाइदाजनक हुनेछ।”

यद्यपि राष्ट्रपति ट्रम्पले गरेका दाबीहरू पुष्टि गर्ने कुनै तथ्यांक या विवरण प्रस्तुत गरेका छैनन् । उनले आफ्नो प्रशासनद्वारा लिइएको कर नीति अमेरिका लागि ऐतिहासिक आम्दानीको स्रोत बनिरहेको दाबी गरे।

उनको भनाई अनुसार भन्सार महसुलबाट प्राप्त आम्दानी अमेरिकाको आर्थिक भविष्यका लागि ‘उत्कृष्ट’ हुने आशा गरिएको छ।

प्रतिक्रिया