ट्रम्पद्वारा बिमानभित्रै पत्रकारहरलाई ५ मिलियन डलरको आफ्नै तस्बिर भएको सुनौलो पत्र देखाए

इनेप्लिज २०८१ चैत २० गते २३:५८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रपति चढ्ने बिमान एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नै तस्बिर भएको सुनौलो पत्र (कार्ड )देखाए।

उनले अगाडी भने “तपाईहरुलाई थाहा छ यो के हो?” ट्रम्पले उक्त सुनौलो पत्र (गोल्डेन कार्ड )देखाउँदै सोधे। “यो गोल्ड कार्ड हो, ट्रम्प कार्ड।”

राष्ट्रपतिले यस पत्र (कार्ड)को मूल्य ५ मिलियन हुने र यो “दुई हप्ताभन्दा कम समयमा” सार्वजनिक गरिने बताए।

५ मिलियन तिरेर तपाईको बनाउन सक्नुहुन्छ,” उनले भने, साथै आफू पहिलो खरिदकर्ता भएको दाबी गरे।

प्रतिक्रिया