मार्च महिनामा अमेरिकामा जागिर बर्खास्ती दर २०५% ले वृद्धि भई २,७५,२४० रोजगारी गुमेको छ।
सिविएसका अनुसार यसको मुख्य कारण इलन मस्कको सरकारी दक्षता विभागबाट गरिएका संघीय कर्मचारी कटौतीहरू हुन्।
यो मासिक बर्खासित संख्या इतिहास मै तेस्रो उच्च हो। यसअघि अप्रिल २०२० र मे २०२० मा महामारीका कारण सबैभन्दा बढी बर्खास्ती भएको थियो। मार्च महिनामा २,१६,००० भन्दा बढी संघीय कर्मचारी हटाइए, जसले सामाजिक सुरक्षा प्रशासन तथा आन्तरिक राजस्व सेवा जस्ता सेवाहरूमा असर गरेको छ।
फेब्रुअरीदेखि हालसम्म सरकारी दक्षता विभागले २,८०,००० संघीय कर्मचारी हटाइसकेको छ। ट्रम्प प्रशासनले ठेक्का र सहायता कटौती गरेपछि थप ४,४२९ रोजगारी गुमेको छ।
नयाँ भर्ती पनि घटेको छ। सन् २०१२ यताकै न्यून ५४,००० रोजगारीको घोषणा भएको छ। अर्थशास्त्रीहरूका अनुसार, बेरोजगारी दर ४.२% पुग्ने अनुमान छ।
प्रतिक्रिया