भारतले अमेरिकी २७% शुल्कको प्रभाव बारे अध्ययन गर्दै, व्यापार सम्झौताका लागि दबाब दिने घोषणा

इनेप्लिज २०८१ चैत २० गते ११:३३ मा प्रकाशित

भारतले बिहीबार अमेरिकाले आफ्ना सामानहरूमा लगाएको २७% भन्सार महसुल शुल्कको प्रभाव अध्ययन गरिरहेको बताउँदै यस वर्ष भित्र व्यापार सम्झौता टुंग्याउन प्रयास गर्ने प्रतिवद्धता जनाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको यो कठोर शुल्क निर्णयले विश्वव्यापी अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ। यो घोषणापछि विश्व शेयर बजारहरू र तेल मूल्यहरूमा गिरावट आएको छ।

भारतको प्रतिक्रिया :

ट्रम्पले भारतीय वस्तुहरूमा २६% शुल्क लगाउने भने पनि ह्वाइट हाउस कार्यकारी आदेश अनुसार वास्तविक दर २७% रहेको भारतको वाणिज्य मन्त्रालयले जनाएको छ। प्रारम्भिक रूपमा १०% शुल्क यो शनिबारबाट लागू हुनेछ भने अप्रिल ९ देखि बाँकी उच्च “पारस्परिक” शुल्क लागू हुनेछ ।

भारतको वाणिज्य मन्त्रालयले अमेरिकी घोषणाको प्रभाव गम्भीर रूपमा अध्ययन गरिरहेको जनाएको छ। भारतीय उद्योग र निर्यातकर्तासँग परामर्श गर्दै शुल्कको असरबारे विस्तृत मूल्यांकन गरिनेछ।

यद्यपि भारतले सम्झौताका लागि कूटनीतिक बाटो अपनाउने संकेत दिएको छ, अमेरिकी नीतिले भारतीय अर्थतन्त्र र व्यापार क्षेत्रमा चुनौती थप्न सक्ने देखिन्छ।

प्रतिक्रिया