ओहायोबाट बेपत्ता भएका निकेश आचार्यबारे थप ताजा जानकारी ,परिवारको तर्फबाट समुदायलाई बिशेष आह्वान

इनेप्लिज २०८१ चैत १९ गते ०:४८ मा प्रकाशित

अमेरिकाको ओहायोबाट बेपत्ता भएका निकेश आचार्य बारे परिवारले ईनेप्लिजलाई थप जानकारी गराएको छ । साथै परिवारको तर्फबाट समुदायलाई बिशेष आह्वान गर्दै उनि कतै भए खबर गर्न समेत अनुरोध गरेका छन् ।

पछिल्लो जानकारी अनुसार स्थानीय प्रहरीले उनले छोडेको गाडी बाँध नजिक फेला परेको स्थानमा व्यापक खोज तलास गर्दा पनि उनि अझै भेटिएनन । हरेक नयाँ प्रविधिको साथै हरेक उपाय गर्दा पनि उनलाई भेट्न नसकिएको जनाउदै प्रहरी बिभागले अब खोज तलासलाई अहिलेलाई यस स्थलमा खोज कार्य स्थगित गर्ने जनाएको छ ।

ईनेप्लिजसँग परिवार र परिवारका सदस्यले कुराकानी गर्दै उनि विपश्यना ध्यानमा पनि रुचि राख्ने ,अलिक धार्मिक तथा अध्यात्म तर्फ पनि झुकाव भएको बुझिएको छ ।

साथै उनि तबलाबादक पनि रहेको परिवारका सदस्यले बताएका छन् । उक्त स्थानमा प्रहरीले खोज तलास गर्दा फेला नपरे पछि उनि गाडी त्यतै छोडेर कतै अमेरिका भरि आयोजना हुने सप्ताह या पाक्षिक या महिना दिन सम्म आयोजना हुने यस्तै ध्यानमा सहभागी हुन् कतै बिभिन्न मठ मन्दिर , इस्कन र विपश्यना केन्द्रमा त गएका छैनन् भने विश्वास पनि गरिएको छ ।

अमेरिकाका ५० वटै राज्यमा यस्ता विपश्यना ध्यान , धार्मिक सत्संग या यस्ता प्रकारका कार्यक्रममा समेत देखिन सकिने हुनाले अमेरिकामा भरि बसोबास गर्नु हुने सबै नेपालीले यस्ता आकृति तथा अनुहार भएका व्यक्ति फेला पार्नु भएमा प्रहरीलाई सम्पर्क गर्न समेत परिवारले आह्वान गरेका छन् ।

परिवारका आनुसार घर परिवारसँग घर छोड्ने दिन राती १० : १५ बजे हरियो रंगको पाईजामा र कलेजो रंगको गन्जी लगाएका थिए । तर घर छोड्दा उनले अर्कै बैजनी रंगको लुगा लगाएका थिए । तस्बिरहरु परिवार र परिवारका सदस्यहरुले ईनेप्लिजलाई उपलब्ध गराईएको हो ।

कही पत्ता लागेमा मुनि दिइएका प्रहरीलाई सूचित समेत गर्न आह्वान गरिएको छ ।

इनेप्लिजमा प्रकाशित दुई समाचारहरु :

प्रतिक्रिया