ब्लड डोनर्स अमेरिकाको पाचौँ आधिवेशन र गजल उत्सव – ६, बोस्टनमा हुने

इनेप्लिज २०८१ चैत १८ गते २२:०० मा प्रकाशित

बोस्टन समाचार

सन २००९ मा ‘रक्त दान नै जीवन दान हो’ भन्ने नारा समातेर गठन भएको विशुद्ध सामाजिक संस्था हो ब्लड डोनर्स अफ अमेरिका (बिडिए)। अमेरिका बस्ने नेपाली मुलका समुदायहरुलाई रक्त दानको माध्यमबाट अमेरिकि समुदाय संग जोड्ने र रक्त दानले मानिसको ज्यान बचाउन सकिन्छ भन्दै विभिन्न स्वास्थ्य शिविरहरु र जानकार मुलक अभियानहरु चलाऊँछ बिडिएले। अमेरिका देखी नेपाल सम्म पनि यस्का अभियानहरु चाल्दै आएका छन्।

राजनीति र भेदभावको अभिप्रायबाट टाढा बसेर सामाजिक रुपान्तरण गर्न पर्छ भन्ने यो सँस्थाको मुल नीति छ। हाम्रो नेपाली समाज पनि रक्त दान मार्फत समाजमा असल चेतना दिन सक्छ भन्ने देखाएको छ, यस्ले। पहिलो अधिवेशन २०१६ सालमा टेक्साको डलासमा गरेर रक्दानको बिभिन्न चरणको शिक्षा पार गर्दे यो संस्थाले अमेरिकामा बस्ने बिभिन्न शहरहरुलाई यो अभियानमा जोडेको थियो। दोस्रो अधिवेशन २०१८ सालमा जर्जियाको अट्लान्टा सहरमा भब्य रुपमा सम्पन्न गरेको यो संस्थाले स्मारिकाहरु प्रकाशन गर्दै, नर्स, डाक्टरहरु, समाजमा रहेका अभियन्ताहरुको माध्यमबाट शिक्षा प्रद गोष्टिहरु, शिक्षा मुलक रक्दान गीतहरुलाई समाजमा छरेर अभियानलाई बढावा दिएको थियो। यो कार्यले अझ बढि समाजलाई स्वास्थ्य, शिक्षा र रक्त दाननै सबै भन्दा ठूलो दान हो भन्ने पाठ सिकाएको पाईन्छ। तेस्रो अधिवेशन २०२० सालमा कोलोराडोमा घोषणा भयो र कोभिडको कारणले जूम रिमोट प्रविधीको प्रयोग गर्दै २०२१ मा सम्पन्न भएको थियो।

सन २०२३ मा मेरिल्यान्डको सुन्दर सहर बाल्टिमोरमा चौथो अधिवेशन भयो। यो अधिवेशनले संस्थालाई अझ मजबुत बनायो। जिल्ला जिल्लामा अध्यक्ष सहित पूर्ण रुपका कार्य समितिहरु बन्न थाले। च्याप्टरलाई अझ स- सक्त बनाउने, बैंक खाता खोल्न दिने, च्याप्टरहरुको पनि आ-आफ्नै अधिवेशनहरु गर्न सुरु गराउने भन्दै धेरै नयाँ आजीवन सदस्यहरु जोडियो। हेक्का रहोस आजीवन सदस्यले जीवनभरको लागि जम्मा एक सय अमेरिकी डलर तिरेपछि पुग्छ। परिवारमा श्रीमान श्रीमतिले परिवारको सदस्यको रुपमा सदस्यता लिनु परेमा एक सय पचास डलर बुझाए पुग्ने हुन्छ, आजीवन सदस्यको लागि। अमेरिकाका धेरै राज्यहरुलाई च्याप्टरको रुपमा जोड्ने प्रणालीको विकाश गरेको थियो त्यो पहिलो टेक्सास अधिवेशनले। हाल लगभग पन्ध्र जिल्लामा बिडिएका च्याप्टरहरु सक्रिय छन्। हाल यो संस्थामा लगभग छ सय आजीवन सदस्यहरु रहेको जानकारी पाईएको छ। समुदायमा बिडिएको उत्साहित काम देखेर अन्य राज्यहरुमा पनि समुदायका असल अभियन्ताहरु यो संस्थामा जोडिन सुरु गरेका छन्। र बिडिएले यस्को जिम्मा लिँदै यस्ता कार्यले ठूलो गर्वको महसुस गरेको छ। समुदाय प्रति आभार पनि ब्यक्त गरेको छ। सबै तह र तप्काका नेपालीसमुदायलाई यो संस्थामा जोडने अभियान चालेको छ।

हाल पाँचौँ अधिवेशनको संघारमा उभिएको बिडिएले थप नयाँ कार्यक्रमहरु ल्याउने, स्मारिका निकालेर समाजलाई जानकारी दिने, बिधानको आवस्यक संशोधन गरेर संस्थामा नेपाल भन्ने शब्द जोडने, लोगोमा नेपालको झन्डा पनि देखिने गरि अगाडी बढ्ने कार्यको थालनी गरिसकेको छ। बिधान संसोधन तथा सबै काम बैधानिक तवरले पूरा गर्न पूर्व अध्यक्ष डा. लिलाराज दाहालको नेत्रित्वमा समिति समेत गठन भएको छ। ऊक्त नयाँ कामको बैधानिकता बोस्टनमा हुनलागेको अधिवेशनले प्रदान गर्ने छ भन्ने कुरा बिडिएका हालका केन्द्रिय अध्यक्ष भुषणलाल श्रेष्ठले बताए।

शिक्षा र बिद्वानहरुको सुन्दर सहर बोस्टन र त्यसैको नजिकै ब्रेनट्रिमा रहेको नेपाली कम्यूनीटि सेन्टर 594 Washington St, Braintree MA मा यही जुलाई 19 र 20 मा यो अधिवेशन हुने छ भन्दै बिडिए म्यासाचुसेट्स राज्यका अध्यक्ष राम थापाले जानकारी दिए। केन्द्रिय उपाध्यक्ष महेश्वर पन्तको प्रमुख सम्योजकत्वमा पूर्ण अधिवेशन समिति गठन पनि भईसकेको कुरा जानकारि पनि गराए। साथै सोहि समारोहलाई अझ प्रभावकारी र रमाईलो समेत गराउन नेपाली साहित्य र संस्कृतिलाई जोड्न गजल यात्रा को ‘गजल उत्सव- छ’ प्रस्तुति शनिवार साँझ विशेष गजल गायन तथा संस्कृतिक साँझ रहने छ भने आईतवार अमेरिकामा रहेका उम्दा र चलिआएका सिल्पि गजलकारहरुको विशेष गजल वाचनको श्रवण गरेर रमाउन सकिने छ भन्दै राम थापाले सबै संघ संस्था, समाजमा रहेका सामाजिक आभियन्ताहरुलाई विशेष आह्वान पनि गर्नु भयो। यहाँहरु पनि यो अभियानमा कुनै न कुनै माध्यम र तरिकाबाट जोडिन चाहे यो संस्थाका कुनै पनि सदस्य वा पदाधिकारीको माध्यमबाट वा हाम्रो लिन्क blooddonorsofamerica.org खोलेर सद्स्य बन्न सक्नु हुनेछ, भन्दै यस्का केन्द्रिय महासचिव डा.शिरोज पोख्रेलले सबैलाई आह्वान पनि गरेका छन्।।

प्रतिक्रिया