अमेरिकाको टेक्सस राज्यको ड्यालस शहर नजिकको एक उद्यान(पार्क)मा घरमै बनाइएका ‘धेरै’ बम फेला पारिएको प्रहरीले बताएको छ ।
ड्यालस बाहिरको एक उद्यान नजिकै धेरै संख्यामा घरमै बनाइएका विष्फोटक पदार्थहरू (बम) फेला परेका छन्। तर प्रहरीका अनुसार कोही पनि घाइते भएको कुनै जानकारी प्राप्त भएको छैन ।
गारल्याण्डस्थित विन पार्क नजिकै आइतबार बिहान ११:३० बजे एक व्यक्तिले जंगलमा खुला सुटकेस देखे, जसको वरिपरि शंकास्पद वस्तुहरू छरिएका थिए। ती वस्तुहरू विष्फोटक जस्तो देखिन्थे र उनले प्रहरीलाई खबर गरे।
गारल्याण्ड शहर ड्यालसबाट करिब २० माइल उत्तरपूर्वमा पर्छ। घटनास्थलमा गारल्याण्ड प्रहरीको बम निष्क्रिय इकाई तथा र एफबीआईका बम प्राविधिकहरू पुगेका थिए। अनुसन्धानपछि प्रहरीले त्यहाँ धेरै क्रियाशील (एक्टिभ) घरमै बनाइएका विष्फोटक पदार्थहरू”रहेको पुष्टि गर्यो।
प्रहरीका अनुसार बम निष्क्रिय टोलीले दिनभरि र रातभरि काम गरेर सबै विष्फोटक पदार्थहरू सुरक्षित रूपमा निस्क्रिय पार्यो। प्रहरीका अनुसार हालसम्म कुनै चोटपटक वा क्षतिको कुनै विवरण छैन।
प्रहरीले यो विष्फोटक पदार्थहरू कहाँबाट आए र कसको उद्देश्य के थियो भन्नेबारे अनुसन्धान जारी राखेको छ। प्रहरीले सूचना दिने व्यक्तिलाई ५ हजार डलर सम्मको पुरस्कारको घोषणा गरेको छ ।
प्रतिक्रिया