अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पेन्टागनको निर्णय अनुसार नयाँ पुस्ताको लडाकु विमान एफ–४७ सार्वजनिक हुने घोषणा गरे।
उनले रक्षा सचिव पिट हेगसेथसँगै ओभल कार्यलयबाट संयुक्त वक्तव्यमा यो घोषणा गरेका हुन्।
“मेरो निर्देशनमा, अमेरिकी वायुसेना विश्वको पहिलो छैटौं पुस्ताको लडाकु विमान निर्माणको प्रक्रियामा अघि बढ्दैछ, जस्को नाम एफ–४७ हो ।यो विमानको स्तर र प्रविधिसँग कुनै पनि देशको लडाकु विमान नजिक पनि पुग्दैन,” ट्रम्पले भने।
राष्ट्रपतिले एफ-४७ को प्रायोगिक संस्करण पाँच वर्षदेखि परीक्षण उडान गरिरहेको जानकारी पनि दिए। “यस विमानजस्तो कुनै पनि चीज अहिलेसम्म देखिएको छैन,” उनले थपे ।
यो अत्याधुनिक लडाकु विमानको विकास जिम्मा अब बोइङले पाएको छ।
परियोजनाका लागि प्रतिष्ठानहरु बीच भएको कडा प्रतिस्पर्धा पछि बोइङले यो ठेक्का जितेको ट्रम्पले जानकारी दिए।
प्रतिक्रिया