इजरायलले गाजा भूभागमा गत मंगलबारदेखि फेरि आक्रमण सुरु गरेको छ। पहिलो दिन हवाई आक्रमण गरेपछि बुधबार जमिनी कारबाहीसमेत अघि बढाएको छ ।
गाजा स्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ हमलाहरू सुरु भएपछि अहिलेसम्म ५०० भन्दा बढी मानिस मारिएका छन्, जसमा २०० बालबालिका छन्।
इजरायली सेनाका अनुसार हमासले केन्द्रीय इजरायल तर्फ तीनवटा रकेट प्रहार गरेको छ।
तीमध्ये एकलाई रोकिएको थियो भने बाँकी दुई खुला क्षेत्रमा खसेका कारण कुनै क्षति भएन। हमासको सैन्य शाखा अल-कसम बाहिनीले यो आक्रमणको जिम्मेवारी लिँदै टेल अविभ सहरमा एम-९० रकेटहरूको आक्रमण गरेको दाबी गरेको छ।
हमासका अनुसार यो आक्रमण इजरायली आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो।
यस संघर्षले मृतकको संख्या बढाइरहेको छ भने गाजा क्षेत्रमा मानवीय संकट गहिरिंदै गएको छ।
युद्धविराम असफल भएसँगै दुवै पक्षबीचको द्वन्द्व झन् भयावह बन्दै गएको छ।
प्रतिक्रिया