मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

इनेप्लिज २०८१ चैत २ गते १९:२९ मा प्रकाशित

विराटनगर, ३ चैत्र । माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको छ । विराटनगरस्थीत सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखज्यूले उद्घाटन गर्नुभएको हो ।

महायज्ञलाई आचार्य पण्डित श्री अभिषेक पाठकले पुराण वाचन गर्ने कार्यक्रम रहेको छ । उहाँले गर्ने कथावाचनले सकारात्मक ज्ञान बाड्ने प्रदेश प्रमुखज्यूले बताउनुभयो ।

कार्यक्रमको सहआयोजक मैथिल बाम्हण महसभा, महिला समिति तथा युवा समिति रहेका छन् ।

कार्यक्रममा विभिन्न संस्थासंस्थाका पदाधिकारी, राजनैतिक पार्टीका प्रतिनिधिज्यूहरु उपस्थित भई महायज्ञको सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया