अमेरिकी सामान्य सेवा प्रशासन (जिएसए ) का हटाईएका परिक्षणकालीन संघीय कर्मचारीहरूलाई शुक्रबार अस्थायी रूपमा पुनर्बहाली गरिएको जानकारी दिइएको छ। एबिसीन्यूजले जनाए अनुसार उनीहरूलाई प्रशासनिक बिदामा राखिएको छ।
शुक्रबार दिउँसो पठाइएको एक बिधुतिय डाक (इमेल )अनुसार हटाइएका परिक्षणकालीनकर्मचारीहरूलाई मार्च १७ देखि “कम्तीमा मार्च २७ सम्म” पुनर्बहाली गरिने बताइएको छ। साथै, तिनीहरूको “जम्मा गरिएको बिदा र सुविधाहरू पुनःस्थापित गरिने” उल्लेख गरिएको छ।
यो अस्थायी पुनर्बहाली १३ मार्चको अमेरिकी जिल्ला न्यायाधीश जेम्स ब्रेडारको अस्थायी रोक आदेशको पालना गर्न गरिएको हो। उक्त आदेश १९ वटा राज्यहरू र डिस्ट्रिक्ट अफ कोलम्बिया(डिसी )ले ट्रम्प प्रशासनविरुद्ध दायर गरेको मुद्दासँग सम्बन्धित छ ।
गत बिहीबार, न्यायाधीशले निर्णय गर्दै प्रशासनले ठूलो संख्यामा परिक्षणकालीन कर्मचारीहरूलाई हटाउनुअघि कानुनी रूपमा आवश्यक ६०-दिनको पूर्वसूचना प्रदान गर्न असफल भएको बताए। साथै उनले उचित सूचना बिना थप कर्मचारी हटाउने प्रयासमा रोक लगाएका छन्।
प्रतिक्रिया