अमेरिकी शिक्षा विभागका सामूहिक बर्खास्तविरुद्ध २१ वटा राज्यका डेमोक्र्याटिक महान्यायाधिवक्ताद्वारा मुद्दा दायर

इनेप्लिज २०८१ फागुन ३० गते १६:५० मा प्रकाशित

वाशिङ्टन डी.सी. – २० वटा अमेरिकी राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया( डिसी)का डेमोक्र्याटिक महान्यायाधिवक्ताहरूले शिक्षा विभागमा हालै भएका सामूहिक बर्खास्त विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्धा दायर गरेका छन्।

मुद्दाका अनुसार शिक्षा विभागबाट १,३०० भन्दा बढी कर्मचारी हटाइनु ट्रम्प प्रशासनको ‘गैरकानूनी योजना’ अन्तर्गत भएको हो, जसको उद्देश्य विभागलाई कमजोर बनाउँदै अन्ततः बन्द गर्नु रहेको छ। 

न्यायाधिवक्ताहरूले यी बर्खास्तीहरु कानुनी प्रक्रियाविपरीत भएको र यसले संघीय सरकारको शिक्षा क्षेत्रलाई गम्भीर असर पार्न सक्ने आरोप लगाएका छन्। 

शिक्षा मन्त्री लिण्डा म्याक्मोहनले बर्खास्तीलाई  ‘अनावश्यक प्रशासनिक बोझ हटाउने’ प्रक्रिया भनेकी छिन्। तर कानुनी विज्ञहरूका अनुसार संघीय कर्मचारी हटाउनका लागि आवश्यक सूचना दिनुपर्ने कानुनी प्रक्रिया पूरा नगरिएको दावी गरेका छन्।

यस कदमको विरोध गर्दै दुई अमेरिकी संघीय न्यायाधीशहरूले सामूहिक बर्खास्तीलाई अवैध ठहर गर्दै केही कर्मचारीहरूलाई पुनर्बहाली गर्न आदेश दिएका छन्।

मुद्दामा संलग्न महान्यायाधिवक्ताहरूले शिक्षा विभागको निरन्तरताका लागि कानुनी संरक्षण आवश्यक रहेको भन्दै अदालतसँग तत्काल हस्तक्षेपको माग गरेका छन्। 

प्रतिक्रिया