दोस्रो संघीय न्यायाधीद्वारा ट्रम्प प्रशासनलाई बर्खास्त गरिएका परीक्षणकालीन सरकारी कर्मचारीहरूलाई पुनः नियुक्त गर्न आदेश

इनेप्लिज २०८१ फागुन ३० गते १४:०९ मा प्रकाशित

दोस्रो संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई बर्खास्त गरिएका परीक्षणकालीन सरकारी कर्मचारीहरूलाई पुनः नियुक्त गर्न आदेश दिएका छन् ।

मेरिल्याण्डका एक न्यायाधीशले हालका लागि संघीय परीक्षणकालीन कर्मचारीहरूको सामूहिक बर्खास्ती रोकिदिएको र हजारौं बर्खास्त गरिएका परीक्षणकालीन कर्मचारीलाई पुनः नियुक्त गर्न आदेश दिएका छन् ।

अमेरिकी जिल्ला न्यायाधीश जेम्स ब्रेडरको यो आदेश बिहीबार ढिलो आएको हो ।

१९ वटा राज्य तथा डिसी सहितले विभिन्न संघीय निकाय विरुद्ध दायर गरेको मुद्दामा सामूहिक बर्खास्ती गैरकानूनी भएको दाबी गर्दै आएको थियो।

ब्रेडरले आदेशमा यस्तो लेखे, यस मुद्दामा सरकारले विशाल स्तरमा बर्खास्ती गर्‍यो, तर कुनै पूर्वसूचना दिइएन।हजारौं परीक्षणकालीन कर्मचारीलाई ‘प्रदर्शन’ वा अन्य व्यक्तिगत कारणहरूका आधारमा बर्खास्त गर्‍यो।

राष्ट्रपति डोनालिड ट्रम्पले पद ग्रहण गरेपछि कम्तिमा २४,००० परीक्षणकालीन कर्मचारीलाई बर्खास्त गरिएको छ ।

आफ्नो अस्थायी रोक आदेशमा ब्रेडरले “गैरकानूनी” कर्मचारी कटौतीहरूमा १४-दिनको स्थगन आदेश जारी गरे। 

तथापि उनको आदेश रक्षा विभाग, राष्ट्रिय अभिलेखालय तथा अभिलेख प्रशासन तथा जनशक्ति व्यवस्थापन कार्यालयका बर्खास्तीहरुमा लागू नभएको सिविएसन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया