अमेरिकी अन्तरिक राजस्व सेवा अर्थात् इन्टर्नल रेभेन्यु सर्भिस (आईआरएस) ले आफ्नो २०% कर्मचारी कटौती गर्ने योजना बनाएको छ ।
जसअनुसार करिब १८,००० कर्मचारीहरू मे १५ सम्म निकालिने अनुमान गरिएको छ। यो कटौती इलन मस्कको नेतृत्वमा रहेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी’ अर्थात् सरकारी दक्षता बिभागद्वारा निर्देशित भएको दुई स्रोतले एबिसीन्यूजलाई बताएका छन्।
यस कटौतीमा पहिल्यै हटाइएका परिक्षणकालीन (प्रोबेसनरी) कर्मचारीहरू* र “बायआउट” प्रस्ताव स्वीकार गर्ने कर्मचारीहरू पनि समावेश रहेका छन्।
यो घटनाक्रम त्यतिबेला भएको हो जब संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई आईआरएस तथा अन्य पाँच निकायहरूबाट निकालिएका कर्मचारीहरूलाई पुनः भर्ना गर्न आदेश दिए। यद्यपि ट्रम्प प्रशासनले उक्त निर्णयविरुद्ध अपिल गर्ने सूचना दर्ता गरिसकेको छ।
कर मौशम सिजनको बीचमा आईआरएसको करदाता सेवा (ट्याक्सपेयर्स सर्भिस) र अनुपालन विभाग बाट हजारौं कर्मचारीहरू गुम्ने सम्भावना छ।
एबिसीन्यूजका अनुसार अमेरिकी कोष विभाग (ट्रेजरी) र आईआरएसले यस सम्भावित कटौतीबारे कुनै टिप्पणी दिएका छैनन्।
प्रतिक्रिया