न्यायाधीशद्वारा “अवैध” रूपमा बर्खास्त गरिएका संघीय परिक्षणकालीन कर्मचारीहरूलाई पुनःभर्ती गर्न ६ संघीय निकायलाई आदेश

इनेप्लिज २०८१ फागुन २९ गते १९:३५ मा प्रकाशित

क्यालिफोर्नियाका एक संघीय न्यायाधीशले गत महिना बर्खास्त भएका परिक्षणकालीन कर्मचारीहरूलाई पुनःस्थापना गर्न ६ संघीय निकायलाई आदेश दिएका छन्। 

संघीय न्यायाधीश विलियम एलसपले ट्रम्प प्रशासनद्वारा  परिक्षणकालीन कर्मचारीहरूलाई बर्खास्त गर्ने निर्णयलाई ‘ठगबाज’ भन्दै संघीय विभागहरूलाई तुरुन्तै ती कर्मचारीहरूलाई पुनःभर्ती गर्न आदेश दिएका हुन्।

ती कर्मचारीहरूको बर्खास्ती अवैध थियो भन्दै बहालीको लागि आदेश दिएका छन्।

सान फ्रान्सिस्कोका अमेरिकी जिल्ला न्यायाधीश  एलसपले ट्रेड प्रशासनविरुद्ध श्रम संघहरूको समूहद्वारा मुद्दा दायर गरिएको चुनौतीको क्रममा यो आदेश सुनाएका हुन ।

उनले न त ओपिएम या यसका कार्यवाहक निर्देशक चार्ल्स एजेलसँग निकायहरूमा कर्मचारीहरूको बर्खास्ती निर्देशित गर्ने अधिकार भएको जनाएका छन्।

न्यायाधीशका अनुसार अफिस अफ पर्सनल म्यानेजमेन्ट( व्यक्तिगत व्यवस्थापन) ले यस वर्षको सुरुमा संघीय विभागहरुमा गैरकानुनी रूपमा परिक्षणकालीन कर्मचारीहरूलाई हटाउन निर्देशन दिएको थियो। 

यस आदेशले भूतपूर्व सैनिक मामिला, कृषी, रक्षा, ऊर्जा, आन्तरिक मामिला र कोष विभागका बर्खास्त कर्मचारीहरूलाई राहत प्रदान गर्ने भएको छ।

पूर्व राष्ट्रपति बिल क्लिन्टनले नियुक्त गरेको न्यायाधीशले भने, संघीय कानुन अनुसार निकायहरूले “रिडक्सन-इन-फोर्स” अर्थात् सामूहिक बर्खास्ती गर्न सक्ने व्यवस्था भए तापनि यसमा विभिन्न शर्तहरू लागु हुन्छन्। उनले भने, “यदि कानुनअनुसार भएमा गर्न सकिन्छ, तर यो मुद्दा त्यो होइन। यो मुद्दा ओपिएम मार्फत रिडक्सन-इन-फोर्स गर्ने प्रयासको बारेमा हो।”

यो आदेश तत्काल प्रभावमा लागू भएको जनाईएको छ भने यसले संघीय कार्यबलमा व्यापक असर पार्ने आशंका गरिएको छ। 

श्रमिक संघ तथा अन्य सरोकारवालाहरूले ओपिएएमको भूमिका विरुद्ध मुद्दा उठाएका थिए,जसले हजारौं कर्मचारीहरूलाई प्रभावित गरेको थियो ।

प्रतिक्रिया