ट्रम्पले युरोपेली सॅघले मदिरामा ५० % शुल्क लगाउने निर्णय पछि २०० % लगाउने चेतावनी 

इनेप्लिज २०८१ फागुन २९ गते १६:५१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सॅघले मदिरामा ५० % शुल्क लगाउने निर्णय पछि २०० % लगाउने चेतावनी दिएका छन् ।

आफ्नो सामाजिक सॅजाल मार्फत चेतावनी दिएका हुन् । 

युरोपियन युनियन (इयु) ले अमेरिकी ह्विस्कीमा ५०% कर लगाउने निर्णय गरेपछि अमेरिका त्यसको कडा प्रतिरोधमा उत्रिएको छ। 

शुल्क तुरुन्त हटाइएन भने अमेरिकाले फ्रान्स तथा अन्य युरोपेली सॅघका मुलुकहरूबाट आयात हुने निगार (वाइन) स्यामपेन लगायत र अन्य मदिराजन्य उत्पादनहरूमा २००% भन्सार शुल्क

 लगाउने ट्रम्पले चेतावनी दिएका छन्।

विश्लेषकहरूका अनुसार यदि अमेरिका आफ्नो धम्कीमा अडिग रह्यो भने युरोपेली मदिरा उद्योगलाई ठूलो झट्का लाग्न सक्छ। 

फ्रान्स, इटाली, र स्पेन जस्ता देशहरूको वाइन ( निगार)निर्यात व्यवसायमा गम्भीर असर पर्नेछ। अर्कोतर्फ  अमेरिकी मदिरा उत्पादकहरूले यसलाई अवसरका रूपमा हेरेका छन्, किनभने घरेलु उत्पादनहरूको बिक्रीमा उल्लेखनीय वृद्धि हुन सक्छ।

तर, यो कदमले अमेरिका र युरोपबीच व्यापार युद्धको अवस्था निम्त्याउने खतरा पनि देखिएको छ। 

विशेषज्ञहरू भन्छन् , यदि दुवै पक्षले आफ्नो शुल्क नीति कडा बनाए भने उपभोक्ताहरूलाई महँगो मूल्य चुकाउनुपर्नेछ जसले अन्तर्राष्ट्रिय व्यापारलाई नै प्रभावित गर्न सक्छ।

प्रतिक्रिया