हमास समर्थक भन्दै आरोप लगाईका कोलम्बिया विश्वबिद्यालयक विद्यार्थी नेता महमुद खलील राष्ट्रिय सुरक्षाको लागि खतरा भएको सीमा प्रमुख टम होमनको दाबी गरेका छन् । उनि अझै थुनामा छन् भने देश निकाला गर्ने योजनामा सरकारले राखेको छ । तर अदालतले उनलाई छोड्न समेत आदेश जारी गरेको छ ।
ट्रम्प प्रशासनका सीमा प्रमुख टम होमनले प्यालेसटाइन समर्थक कार्यकर्ता महमुद खलीललाई “राष्ट्रिय सुरक्षा खतरा” भनेका छन्। खलील कोलम्बिया विश्वविद्यालयमा इजरायलसँगको सम्बन्ध तोड्न माग गर्दै प्रदर्शनका मुख्य भूमिका निभाएको उनलाई आरोप छ ।
खलीललाई आप्रवासन तथा भन्सार प्रवर्तनले पक्राउ गरेपछि उनको कानुनी टोलीले उनलाई न्युयोर्क फर्काउन माग गरेको छ। खलीलका वकिलहरूले उनी कानूनी स्थायी बासिन्दा भएको र कुनै अपराध नगरेको बताएका छन्। अर्थात् उनि सँग ग्रीनकार्ड (स्थायी आवासीय पत्र ) रहेता पनि उनलाई निष्काशन प्रक्रियामा राखिएको छ ।
तर, ट्रम्प प्रशासनले उनलाई हटाउने अधिकार आप्रवासन तथा राष्ट्रियता ऐन अन्तर्गत रहेको बताएको छ।
खलीलकी पत्नी जो ८ महिनाकी गर्भवती छिन्, उनले आफ्ना पतिलाई अन्यायपूर्ण रूपमा पक्राउ गरिएको भन्दै उनको रिहाइको माग गरेकी छन्। उनले खलीलविरुद्ध गलत आरोप फैलाइएको बताइन्।
उनको गिरफ्तारीपछि थुप्रै प्रदर्शनहरू भएको छ । १४ जना सांसदहरूले उनको रिहाइका लागि पत्रमा हस्ताक्षर गरेका छन्। खलील आगामी मार्च २७ मा लुजियानामा आप्रवासन सुनुवाइमा उपस्थित हुने एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया