राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रूसको कब्जामा रहेका कर्स्क क्षेत्रको एक्कासी भ्रमण गरेको सिएनएनले जनाएको छ । क्रेमलिनले अमेरिकाको ३० दिने युद्धविराम प्रस्तावको मूल्याङ्कन गर्दै गर्दा यो एक्कासी भ्रमण आएको हो ।
रूसी सरकारी दूरदर्शन (टेलिभिजन)बाट प्रशारण गरिएको श्रब्यदृश्य (भिडियो)मा सैनिकको पोसाकमा देखिएका पुटिनले मोर्चामा रहेका सैनिकहरूलाई सम्बोधन गर्दै भने मस्कोको लक्ष्य भनेको कर्स्कलाई “पूर्ण रूपमा मुक्त गर्नु” हो। यो उनको युक्रेनको अप्रत्याशित घुसपैठपछि पश्चिमी क्षेत्रको पहिलो भ्रमण हो।
पुटिनको ध्यानपूर्वक तयार पारिएको भ्रमणले युक्रेनी प्रतिरोधका बाँकी अंशलाई रूसभित्र फैलिरहेको समयमा सैनिकहरूको मनोबल बढाउनको लागि गरिएको जस्तो देखिएको सिएनएनले उल्लेख गरेको छ । अमेरिकी र युक्रेनी अधिकारीहरूको शान्ति वार्तापछि युक्रेनले ३० दिने अमेरिकी समर्थित युद्धविराम स्वीकृत गरेको अर्को दिन यो भ्रमण भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार युद्धबिराम गर्ने कुरा अब पुटिनको हातमा रहेको बताए । “हामीले हेर्नु पर्छ। अब यो रूसमाथि निर्भर छ,” ट्रम्पले ओभल कार्यालयमा पत्रकारहरूसँग भने । उनले पुटिनसँग कुनै बैठकको निर्धारण भएको छ कि छैन भन्ने बारे टिप्पणी गरेनन् ।
क्रेमलिनका प्रवक्ता डिमीट्री पेसकोभले बुधबार पत्रकारहरूलाई पुटिनले युद्धविराम प्रस्तावलाई “ध्यानपूर्वक अध्ययन गर्दै” गरेको बताए ।
केही घण्टापछि रूसी सरकारी संचार माध्यम (मिडिया)ले कर्स्कमा पुटिनलाई आफ्ना सैनिक प्रमुख भ्यालेरी गेरेसिमोभसँग भेट्दै गरेको देखाएको थियो । र त्यसपछि उनले सैनिकहरूलाई सम्बोधन गर्दै युक्रेनी सैनिकलाई क्षेत्रबाट हटाउन र रूस-युक्रेन सीमा वरिपरि एक “बफर जोन” अर्थात् मध्यवर्ती क्षेत्र बनाउनको सम्भावना उठाएको सिएनएनले उल्लेख गरेको छ ।
पुटिनले कर्स्कमा कब्जा गरिएका युक्रेनी सैनिकलाई “आतंकवादी”को रूपमा व्यवहार गर्नुपर्छ भने ।
प्रतिक्रिया