कोलम्बिया विश्वविद्यालयका बिधार्थी खलीललाई हमास समर्थक भन्दै पक्राउ गरि देश निकालाको प्रक्रियामा राखिएकालाई संघीय न्यायाधीशद्वारा खारेज

इनेप्लिज २०८१ फागुन २७ गते ११:३३ मा प्रकाशित

कोलम्बिया विश्वविद्यालयका बिधार्थी महमूद खलीललाई हमास समर्थक भन्दै पक्राउ गरि देश निकालाको प्रक्रियामा राखिएकालाई संघीय न्यायाधीशले खारेज गरि दिएका छन् ।

संघीय न्यायाधीशले महमूद खलीललाई अमेरिका बाहिर पठाउने प्रक्रिया रोकिदिएका छन् । उनको गिरफ्तारीविरुद्ध दायर गरिएको निवेदनको सुनुवाइ पूरा जव सम्म पूरा हुदैन तब सम्मको लागि रोक लगाएका छन् ।

खलील, जो कोलम्बिया विश्वविद्यालयमा एक अभियन्ता हुन् उनलाई आईसिइ गुप्तचरहरूले गत शनिबार पक्राउ गरेका थिए। प्रशासनले उनको विद्यार्थी प्रवेशाज्ञा खारेज गरिएको दाबी गरे पनि उनका वकिलले खलील ग्रीनकार्डधारी(स्थायी आवासीय पत्र) भएको बताए।

राष्ट्रपति ट्रम्पले उनलाई हमास समर्थक भन्दै सामाजिक सञ्जालमा प्रकाशन गरेका छन् । उनको गिरफ्तारी धेरै थप गिरफ्तारीहरूको सुरूवात मात्र भएको बताएका छन्। ट्रम्प प्रशासनले खलीललाई आतंकवादी संगठन हमाससँग सम्बन्धित गतिविधिहरू सञ्चालन गरेको आरोप लगाएको छ ।

यो मुद्दा अमेरिकी संविधानमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार र आप्रवासन कानुनको कार्यान्वयनबीचको जटिल द्वन्द्वलाई उजागर गर्छ।

संघीय न्यायाधीश जेसी फुरम्यानले खलीलको हटाउने प्रक्रिया रोक्दै अदालतको अन्तिम निर्णय नआएसम्म अमेरिका बाहिर पठाउन नपाइने आदेश दिए।

प्रवक्ता ट्रिसिया म्याकलाफलिनले खलीललाई हमाससॅग जोडिएका गतिविधिमा संलग्न भएको आरोप लगाइन्। ट्रम्पको कार्यकारी आदेशअनुसार ‘अमेरिकामा यहूदी विरोधी विचार फैलाउने’ मानिसहरूलाई हटाउने नीति कार्यान्वयन भइरहेको बताइन्।

त्यस्तै विदेशसचिव मार्को रुबियोले खलीलको घटनासम्बन्धी समाचार साझा (सेयर) गर्दै भने हामी हमास समर्थकहरूका प्रवेशाज्ञा (भिसा) वा स्थायी आवासीय पत्र खारेज गर्दैछौं।

प्रतिक्रिया