अमेरिका र युक्रेनका अधिकारीहरूको बैठक साउदी अरबको जेद्दाहमा जारी रहेको छ । युक्रेनका प्रमुख अधिकारीहरू जसमध्ये राष्ट्रपति भोलोदिमिर जेलेंस्कीका प्रमुख सहयोगी एंड्री यर्माक, परराष्ट्रमन्त्री एन्ड्री सिभिहा, रक्षा मन्त्री रुस्तेम उमेरोभ र उपप्रमुख पावलो पलिसा छन्। अमेरिकाबाट विदेशसचिव मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज बैठकमा रहेका छन्।
यस बैठकको मुख्य बिषयवस्तु युक्रेन र रूस बीच युद्धविराम प्रस्तावमा केन्द्रित रहेको सिएनएनले जनाएको छ । विशेष गरी कालो सागर क्षेत्रको आसपासको ठाउँ र लामो दूरीका क्षेप्यास्त्र आक्रमणमा रोक लगाउने विषयमा केन्द्रित रहने छ । यस प्रस्तावले शान्ति सम्झौतामा सुधार ल्याउने र तनाव घटाउनको लागि एक सन्देश दिनको लागि बनाईएको हो।
बैठकको दौरान युक्रेनले मस्कोमाथि गरेको मानव रहित यान (ड्रोन )आक्रमण जस्ता घटनाहरूले युद्धविरामको पहललाई अझ जटिल बनाएको छ। अमेरिकाले युक्रेनसँगको सम्बन्धमा सशस्त्र सहायता र गुप्तचर जानकारी रोक्ने निर्णय गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पके उक्त रोक हटाईएको बताएका छन् ।
यस बैठकको परिणामले अमेरिका र युक्रेनको भविष्यको सम्बन्ध र क्षेत्रको शान्ति सम्भावनामा ठूलो प्रभाव पार्नेछ।
प्रतिक्रिया