आइतबार बिहान ह्वाइट हाउस नजिकै हतियार देखाउँदै हिंडिरहेका एक व्यक्तिलाई गुप्तचर सेवाका अधिकारीहरूले गोली हानेका छन्। घटनाबारे गुप्तचर सेवाले दिएको आधिकारिक बयान अनुसार यो सशस्त्र भिडन्तको परिणामस्वरूप भएको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्प त्यतिबेला ह्वाइट हाउसमा नभएको अवस्थामा घटना घटेको हो भने उनी सप्ताहन्त मारा लागोमा समय बिताइरहेका छन्।
घाइते पुरुषलाई तत्काल नजिकैको अस्पताल लगिएको छ भने तर उनको स्वास्थ्य स्थिति अज्ञात रहेको सिबिएसन्यूजले बताएको छ ।
गुप्तचर सेवाका अनुसार उनीहरूलाई इन्डियानाबाट यात्रा गरिरहेका आत्महत्याका आशय भएका व्यक्तिको बारेमा सूचना प्राप्त भएको थियो। करिब मध्यराततिर,ह्वाइट हाउस नजिकै रोकिएको (पार्क)गाडी भेटेपछि अधिकारीहरूले उक्त व्यक्तिलाई फेला पारे।
जब अधिकारीहरू नजिक गए उक्त व्यक्तिले हतियार देखाए । त्यस पछि सशस्त्र भिडन्त भयो र गुप्तचर सेवाका अधिकारीले गोली हाने।
कानून प्रवर्तन स्रोतहरूका अनुसार उक्त हतियार हाते बन्दुकहेको थियो। गुप्तचर सेवाले यस घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते नभएको जनाएको छ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया