ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको भन्सार कर अस्थायी रूपमा रोक्ने निर्णय,अप्रिल २ देखि पारस्परिक शुल्क प्रणाली लागू हुने

इनेप्लिज २०८१ फागुन २६ गते ०:४३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिने केही वस्तुहरूमाथि लाग्ने २५% भन्सार कर अस्थायी रूपमा रोक्ने घोषणा गरेका छन्। उनले यो निर्णय अमेरिकी गाडी निर्माता प्रतिष्ठानहरूलाई सहयोग पुर्याउनका लागि लिएको बताएका छन्।

फक्स न्यूजको “सन्डे मार्निङ फ्यूचर्स” नामक कार्यक्रममा पत्रकार मारिया बार्टिरोमोसँगको अन्तर्वार्तामा ट्रम्पले अप्रिल २ सम्मका लागि शुल्क रोकिने बताएका थिए। उनले भने,मैले मेक्सिको र क्यानडालाई केही हदसम्म मदत गर्न चाहे। विशेष गरी अमेरिकी गाडी निर्माता प्रतिष्ठान (अटोमोबाइल )उद्योगलाई संक्रमणकालमा समर्थन गर्न आवश्यक थियो।

यो निर्णय बिहीबार मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउमसँगको दूरवार्ता पछि आएको हो। ट्रम्पले स्पष्ट पार्दै भने यो केवल छोटो समयका लागि हो। अप्रिल २ देखि हामी पूर्णरूपमा पारस्परिक शुल्क प्रणालीमा जानेछौं। जुन शुल्क उनीहरूले हामीलाई लगाउँछन्, त्यति नै शुल्क हामीले पनि उनीहरूलाई लगाउनेछौं।”

तर, उनले अप्रिल २ पछि शुल्क फेरि बढ्न सक्ने संकेत दिए। शुल्क अझै बढ्न सक्छ। घट्ने सम्भावना चाहिँ देख्दिनँ ,उनले भने।

यो निर्णयले अमेरिकी गाडी निर्माण उद्योगलाई केही समयका लागि राहत दिन सक्छ, तर अप्रिल २ देखि व्यापारिक तनाव बढ्ने सम्भावना छ। विश्लेषकहरूका अनुसार यदि शुल्क बढाइयो भने उत्तर अमेरिकी व्यापार सम्बन्ध प्रभावित हुन सक्छ।

प्रतिक्रिया