अमेरिकाका उपराष्ट्रपति जेडी भान्स गत शनिबार आफ्नो ३ वर्षीय छोरीसँग बाहिर हिँडिरहेका बेला युक्रेन समर्थक प्रदर्शनकारीहरूले उनलाई पछ्याए ।
प्रदर्शनकारीहरूले स्लावा युक्रेनी भन्ने नारा लगाए जसका कारण भान्सकी छोरी डराईन ।
भान्सले आफ्नो आफ्नो सामाजिक संजाल एक्समामा टिप्पणी गर्दै भने, “आज जब म मेरी ३ वर्षीया छोरीसँग हिँडिरहेको थिएँ, केही प्रदर्शनकारीहरूले हामीलाई पछ्याए र नारा लगाए। यसले मेरो छोरीलाई डराएको महसुस भएपछि मैले उनीहरूसँग कुरा गर्न चाहें, ताकि उनीहरूले मेरो बच्चालाई शान्त छाडून्।”
उनका अनुसार, वार्ता प्रायः सम्मानजनक रह्यो, तर ३ वर्षको बच्चालाई त्रास दिँदै राजनीतिक प्रदर्शन गर्नु गलत हो।
यस घटनाले अमेरिका र युक्रेनबीच बढ्दो राजनीतिक तनावलाई झल्काउँछ। हालै ट्रम्प प्रशासनले युक्रेनलाई दिइँदै आएको सैन्य सहायता रोकेको छ। साथै, अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझेदारी गर्न पनि बन्द गरिसकेको छ।
यो निर्णय राष्ट्रपतिहरू डोनाल्ड ट्रम्प, भोलोडिमिर जेलेन्स्की, र जेडी भान्सबीच भएको ओभल कार्यालयमा भएको तनावपूर्ण छलफल पछि आएको बताइएको छ। छलफलका क्रममा युक्रेनलाई निरन्तर सहयोग दिने विषयमा मतभेद देखिएको थियो।
युक्रेनी समर्थक प्रदर्शनकारीहरूले ट्रम्प प्रशासनको नयाँ नीति विरुद्ध प्रदर्शन गर्दै आएका छन्। अमेरिकाले युक्रेनलाई सहयोग रोकेपछि रूसी आक्रमण सामना गर्न युक्रेनलाई थप कठिनाइ उत्पन्न भएको छ।
यस घटनाले अमेरिकी राजनीतिमा युक्रेन मुद्दा कत्तिको संवेदनशील बनेको छ भन्ने स्पष्ट पारेको छ।
प्रतिक्रिया