अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले कर्मचारीहरूलाई स्वेच्छाले जागिर छोड्न २५,००० डलरसम्मको प्रस्ताव गरेको छ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) ले कर्मचारीहरूलाई स्वेच्छाले विभाग छोड्न २५,००० डलरसम्मको प्रोत्साहन रकम प्रदान गरेको सिएनएनले जनाएको छ ।
सिएनएनका अनुसार शुक्रबार साँझ प्रस्ताव सहितको बिधुतिय डाक (इमेल) प्राप्त गरेका कर्मचारीहरूले मार्च १४ साँझ ५ बजेसम्म प्रोत्साहन लिने वा नलिने निर्णय गर्नुपर्नेछ।
शिक्षा विभाग र सामाजिक सुरक्षा प्रशासनलगायत अन्य संघीय निकायका कर्मचारीहरूलाई पनि यस्तै संपुष्टि (प्याकेज)हरू प्रस्ताव गरिएको छ। ट्रम्प प्रशासनले संघीय सरकारको आकार घटाउने बहुआयामिक प्रयासको यो एक हिस्सा हो।
प्रोत्साहन प्राप्त गर्नेहरूमध्ये रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी ) का १८० संघीय कर्मचारीहरू पनि थिए । जसलाई बर्खास्त गरिएपछि यस हप्ता काममा फर्कन भनिएको थियो।
प्रतिक्रिया