वाशिंगटन डी.सी.– अमेरिकी जिल्ला न्यायाधीश बेरिल हाउलले राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय श्रम सम्बन्ध बोर्ड (एनएलआरवि) की सदस्य ग्विन विलकक्सलाई हटाउने निर्णय गैरकानुनी भएको ठहर गरेकी छन्। न्यायाधीश हाउलले भनिन् “अमेरिकी राष्ट्रपति राजा होइन,” जसले राष्ट्रपतिको अधिकार सीमित रहने स्पष्ट पार्छ।
विलकक्सले ट्रम्पको यो कदमलाई “अभूतपूर्व र गैरकानुनी” भन्दै मुद्दा दायर गरेकी थिइन्।
न्यायाधीशको फैसलाले स्वतन्त्र नियामक संस्थाहरूलाई राष्ट्रपतिको हस्तक्षेपबाट जोगाउनुपर्ने कानुनी आधारलाई पुनः पुष्टि गरेको छ। यो निर्णयले कार्यकारी शाखा र स्वतन्त्र सरकारी निकायहरूबीचको सम्बन्धमा दीर्घकालीन प्रभाव पार्ने अनुमान गरिएको छ।
प्रतिक्रिया