क्यानाडा टोरन्टोको एक मदिरागृह(पब)मा गोलाबारी हुँदा कम्तीमा १२ जना घाइते

इनेप्लिज २०८१ फागुन २४ गते १२:४३ मा प्रकाशित

क्यानाडा टोरन्टोको एक मदिरागृह(पब)मा गोलाबारी हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । क्यानाडाली प्रहरीका अनुसार पूर्वी टोरन्टोको एक पबमा भएको गोलीबारीमा दर्जनौं मानिस घाइते भएका छन्।

शुक्रबार साँझ स्कारबोरो जिल्लाको एउटा मदिरागृह (पब )बाहिर गोलाबारी हुँदा कम्तीमा १२ जना घाइते भएका छन्। प्रहरीले हालसम्म फरार रहेका संदिग्धको खोजी गरिरहेको छ।

प्रहरीले धेरै मानिसलाई गोली हानेको खबर आएपछि राति १०:४० बजेतिर घटनास्थलमा बोलाइएको जनाएको छ।

टोरन्टो स्वास्थ्यकर्मीहरुले ११ जना वयस्कहरूलाई सामान्यदेखि गम्भीरसम्मका चोट लागेको बताएका थिए, तर प्रहरीले पछि १२ जना घाइते भएको र ६ जनालाई ज्यान जोखिममा नपर्ने चोट लागेको तर बाँकी चोटको अवस्था अझै अज्ञात रहेको जनाएको छ।

प्रहरीले एक संदिग्ध गाडीबाट भागेको र अझै फरार रहेको पनि जनाएको छ। मानिसहरूलाई उक्त क्षेत्रबाट टाढा रहन चेतावनी दिइएको थियो।

शनिबार बिहान सबेरै सामाजिक संजालएक्समा अध्यावधिक गर्दै प्रहरीले तीन पुरुष संदिग्धहरू गोलीबारीमा संलग्न रहेको र जिम्मेवारहरूलाई पत्ता लगाउन र पक्राउ गर्न सबै स्रोतहरू परिचालन गरिएको जनाएको छ।

प्रतिक्रिया