नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीकै अलोकप्रिय र लोकतन्त्रविरोधी कदमको कारण गणतन्त्रमाथि प्रहार हुन थालेको निश्कर्ष निकालेका छन् । पार्टीको एक महिने लामो अभियानको क्रममा रौतहटमा रहेका दाहालले उक्त अभियान स्थगन् गरेका छन्।
उनी आजै सिमाराबाट काठमाडौं आउने भएका छन् । प्रधानमन्त्री ओलीको गलत शासनको कारण व्यवस्थामाथि प्रहार हुन थालेको दाहालको निश्कर्ष छ । अध्यादेशबाट शासन गर्ने, सामाजिक सञ्जाल नियमनको नाममा नियन्त्रण गर्ने, नागरिकलाई सास्ती दिने काम गरेको कारण अहिलेको सरकारबाटै व्यवस्थामाथि धावा बोलाउने काम भएको दाहालको बुझाई छ ।
उनी आजै साँझ काठमाडौं आईपुग्ने जनाईएको छ । दाहालको सचिवालय सदस्य गोविन्द आचार्यले दाहालले भोलि पदाधिकारी बैठक डाकेको बताएका छन् । बैठकले समसामयिक राजनीतिक विषयमा छलफल गरेर एउटा महत्वपूर्ण निर्णय लिने जनाईएको छ।
बेद प्रसाद घिमिरे
प्रतिक्रिया