युक्रेनको डोनेट्स्क नजिकै शुक्रबार राति भएको रुसी आक्रमणमा परि कम्तीमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार कम्तिमा ३० जना घाइते भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार बिहान टेलिग्राममा अनुवादित वक्तव्यमा भने, “गएको राति रुसी सेनाले डोनेट्स्क क्षेत्रको डोब्रोपिल्ल्याको केन्द्रमा दुईवटा प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल) प्रहार गर्यो। हाम्रा सेवाहरू घटनास्थलमा पुगेपछि उनीहरूले जानीजानी उद्धारकर्ताहरूलाई लक्षित गरी अर्को आक्रमण गरे। रुसीहरूले प्रायः प्रयोग गर्ने यो डरलाग्दो र अमानवीय रणनीति हो।”
जेलेन्स्कीले हालसम्मको आक्रमणमा ११ जनाको मृत्यु भएको र पाँच बालबालिकासहित ३० जना घाइते भएको पुष्टि गरे । आठवटा पाँच तले भवन र एउटा दमकल गाडीमा क्षति पुगेको छ।
” दोहोर्याएर आक्रमण भएता पनि खतरा देखि बिचलित नहुने र यो आतंकबाट मानिसहरूलाई बचाउने सबै आपतकालीन सेवाहरू, प्रहरी, राज्य आपतकालीन सेवा, चिकित्सक ,आफ्नै जीवन जोखिममा राखेर जीवनको रक्षा गर्ने सबैलाई म धन्यवाद दिन्छु। ” जेलेन्स्कीले भने।
“यस्ता आक्रमणहरूले रुसको लक्ष्य परिवर्तन नभएको देखाउँछन्। त्यसैले, जीवनको रक्षा गर्न, हाम्रो हवाई प्रतिरक्षालाई बलियो बनाउन, र रुसमाथि प्रतिबन्धहरू कडा पार्न सबै कुरा जारी राख्नु धेरै महत्त्वपूर्ण छ। पुटिनलाई युद्धको लागि वित्त पोषण गर्न मद्दत गर्ने सबै कुरा भत्किनुपर्छ।”
यी पछिल्ला आक्रमणहरू संयुक्त राज्य अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान रोकेको २४ घण्टाभन्दा केही बढी समयपछि आएका छन्, जसको अर्थ युक्रेनी सेनाले म्याक्सर उपग्रह तस्बिरहरुमा पहुँच गुमाएको एक युक्रेनी सैन्य स्रोतले एबीसी न्यूजलाई बताएको छ ।
म्याक्सर सहित अमेरिकी सरकारले खरिद गरेको व्यावसायिक उपग्रह छायाचित्रहरूमा युक्रेनी पहुँच निलम्बित गरिएको छ । तर इलन मस्कको स्टारलिङ्क सञ्चालनमा रहेको र युक्रेनले कम्पनीको उपग्रह प्रणालीहरू प्रयोग गरिरहेको एक अमेरिकी अधिकारीले एबीसी न्यूजलाई बताए।
प्रतिक्रिया