अमेरिकामा आइतबार रातीबाट समय परिवर्तन हुने ,सबैले घडी मिलाउनु पर्ने

इनेप्लिज २०८१ फागुन २४ गते १:१० मा प्रकाशित

अमेरिकामा आउदो आइतबार रातीबाट समय परिवर्तन हुने भएको छ। अमेरिकामा बसोबास गर्ने नेपालि समुदायका सहित सबैले घडी मिलाउनु पर्नेछ ।

अमेरिकामा डेलाइट सेभिङ्ग टाइम अर्थात् नेपालीमा जसलाई अरुणोदय बचत समय भनिन्छ । अमेरिकामा आइतबार राती समय परिवर्तन हुनेछ । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले आइतबार राति आफ्नो घडी समायोजन गर्नु पर्नेछ ।

डेलाइट सेभिङ टाइम (डिएसटि) भनेको घडीलाई वसन्त ऋतुमा एक घण्टा अगाडि सार्ने र शरद ऋतुमा एक घण्टा पछाडि सार्ने प्रक्रिया हो । यसले साँझको समयमा थप उज्यालो प्रदान गरेर ऊर्जा बचत गर्न र दैनिक गतिविधिहरू सूर्यको प्रकाशसँग मिलाउन सहायता गर्छ।

डेलाइट सेभिङ्ग टाइम ( अरुणोदय बचत समय )आइतवार, मार्च ९ ,२०२५ को २ :०० बजे सुरु हुनेछ । आइतबार राती घडीहरू १ घण्टा अगाडी हुनेछन् । अर्थात् घडीको सुई ३ बज्ने छ ।

मार्च ९ ,२०२५ मा सूर्योदय र सूर्यास्त अघिल्लो दिनको तुलनामा करिब १ घण्टा ढिलो हुनेछ। तर साँझमा थप उज्यालो हुनेछ। छिट्टै रात देखिदैन। घडीहरू एक घण्टा “स्प्रिङ फर्वार्ड” अर्थात् वसन्त ऋतु अगाडी हुनेछ जसको मतलब हामी रातभर एक घण्टा कम सुत्ने छौ ।

घडीलाई एक घण्टा अगाडि सारिनेछ। यसले एक घण्टा निद्रा गुमाउने भए पनि साँझ बढी उज्यालो हुनेछ।

डेलाइट सेभिङ्ग टाइम (डिएसटी ) अर्थात् अरुणोदय बचत समय भनेको गर्मी महिनाहरूमा स्टानडर्ड टाईम (अर्थात् मानक समय)बाट एक घण्टा अगाडी समायोजन गर्ने एक अभ्यास हो । यसलाई अमेरिकामा ”डेलाईट सेभिङ्ग टाइम ” नामाकरण गरिएको छ ।

राति २ बजे अरुणोदय बचत समय (डेलाईट सेभिङ्ग टाइम)को सुरु हुनेछ । अर्थात् घडीको सुइरोलाई २ बजे बनाएर सुत्नु पर्ने हुन्छ । तसर्थ हामीले घडीको सुई १ घण्टा अगाडी बनाउनु पर्ने हुन्छ ।

के हो यो वास्तविकता :

आईतबार ,मार्च ९ को दिन अरुणोदय बचत समय (डेलाईट सेभिङ्ग टाइम )२ बजे सुरु हुनेछ ,र आफ्ना घडीहरु १ घण्टा अगाडी बनाउनु पर्छ । यसलाई डेलाईट सेभिङ्ग टाइम भनिन्छ (एक बचन ) झुक्किएर पनि डेलाईट सेभिङ्गस् टाइम (बहुवचन ) नभन्नु होला ।

सन् २००७ देखि अमेरिकामा डेलाईट सेभिङ्ग टाइम (अरुणोदय बचत समय)सुरु मार्चको दोश्रो आईतबार र अन्त्य नोभेम्बरको प्रथम आइतबार गरिएको हो ।

हाम्रा संचार माध्यम उपकरणहरु अङ्किय (डिजिटल )घडीहरू स्वतः परिवर्तन हुनेछन्। भित्ते घडीहरू र स्वचालित रूपमा समायोजन नहुने कुनै पनि घडीहरूलाई आफैले बनाउनु पर्ने छ ।

यस वर्ष डेलाइट सेभिङ टाइम ( अरुणोदय बचत समय )आइतबार, नोभेम्बर २ मा समाप्त हुन्छ । घडीहरू एक घण्टा “पछाडि” पर्नेछन्। त्यो परिवर्तनसँगै, सूर्य साँझमा एक घण्टा पहिले अस्ताउनेछ र बिहान एक घण्टा पहिले उदाउनेछ। यसले एक घण्टा बढी निद्रा दिने भए पनि साँझ छिट्टै अँध्यारो हुनेछ।

ईतिहास यस्तो छ :

१७८४ मा डेलाईट सेभिङ्ग(अरुणोदय बचत समय)को प्रथम अवधारणा बेन्जामिन फ्रान्कलिनले ल्याएका हुन। १९१४-१९१८ सम्म बेलायत प्रथम बिश्व युद्धमा डेलाईट सेभिङ्ग टाइम(अरुणोदय बचत समय)मा चलेको थियो । मार्च १९ ,१९१८ मा अमेरिकामा स्टान्डर्ड टाइम एक्ट ( स्तरीय समय कानुन )ले समय क्षेत्र तथा डेलाईट सेभिङ्ग टाइम स्थापित गर्यो ।

१९४५-१९६६ सम्म अरुणोदय बचत समय सम्बन्धमा कुनै संघीय कानुन थिएन । १९७४- १९७५ सम्म कंग्रेसले एक घण्टा घडीको सुई पछाडी पारि उर्जा संकटमा सुरक्षित गर्न समय विस्तार गरेको थियो । १९८६-२००६ सम्म डेलाईट सेभिङ्ग टाइम अप्रिल महिनाको प्रथम आइतबारबाट सुरु हुने र अक्टोबरको अन्तिम आइतबार समाप्त हुने थियो ।

तर तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुशले अगस्त ८ ,२००५ मा उर्जा नीति नीतिमा हस्ताक्षर गरि बिधेयक बनेको थियो । त्यही समय देखि मार्चको दोश्रो आईतबार र अन्त्य नोभेम्बरको प्रथम आइतबार समाप्त हुने बनाईएको हो ।

डेलाईट सेभिङ्ग टाइम (अरुणोदय बचत समय )अमेरिकाका कुन ठाउँमा लागु हुदैन र कुन क्षेत्रमा यसको असर हुदैन ?

सयुक्त राज्य अमेरिकामा हवाई र एरिजोनाका अत्यधिक स्थानमा यसलाई अनुगमन गर्दैनन् । अमेरिकाका क्षेत्र(भूभाग) ग्वाम,पुर्टोरिको ,उत्तरी मारियाना टापुहरू,भर्जिन आइल्याण्ड,अमेरिकन समोआले यसलाई पालना गर्दैनन् । इन्डियानाले सन् २००६ मा मात्र यसलाई अपनायो।

बिश्वका कुन कुन देशले यो संक्षेपमा (डिएलएस )पालना गर्छन त ?

बिश्व भर ७० वटा देशले यसलाई मान्दछन । भूमध्यरेखाका नजिक पर्ने देशले घडी मिलाई रहदैनन । चीन र जापानले पनि यसलाई मान्दैनन।

यातायात तथ्याङ्क ब्यूरो अनुसार डेलाइट (अरुणोदय बचत समय ) बचत समय १९६६ को समान समय अधिनियमद्वारा एक कानूनी आवश्यकताको रूपमा लागू गरिएको थियो। ऐन अन्तर्गत, अमेरिकी राज्यहरूले आफूलाई (अरुणोदय बचत समयबाट छुट दिन सक्छन्।

श्रोत : विभिन्न पत्र पत्रिका तथा गुगल खोज

प्रतिक्रिया