ट्रम्पले फेरि हमासलाई दिए धम्की,‘सबै’ बन्धकहरू नछोडिए हमासले ‘नरक’ भोग्ने

इनेप्लिज २०८१ फागुन २४ गते ०:०७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता फेरि हमासलाई चेतावनी दिँदै यदि हमासले बाँकी रहेका सबै बन्धकहरजसमध्ये एक अमेरिकी-इजरायली नागरिक रिहा गरेन भने हमासले नरक भोग्ने बताए ।

उनले यो आफ्नो “अन्तिम चेतावनी” भएको दाबी गरे। तर ट्रम्पले यस्तो पटक पटक भनि रहने देखिएको छ । बन्धकहरू तुरुन्तै रिहा गर ! नत्र पछि ठूलो परिणाम भोग्नुपर्नेछ! ट्रम्पले गत बुधबार आफ्नै सामाजिक सञ्जालमा लेखेका थिए ।

उनले म इजरायललाई यो युद्ध समाप्त पार्न आवश्यक सबै सहायता प्रदान गर्दैछु। यदि तिमीहरूले मेरो कुरा मानेनौ भने कुनै पनि हमास सदस्य सुरक्षित रहने छैन भनि धम्की दिएका थिए ।

हमासले ट्रम्पको धम्कीलाई खासै गम्भीर रूपमा नलिँदै अमेरिकी राष्ट्रपति केवल इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई बल प्रदान गरिरहेको आरोप लगाएको थियो ।

गाजाको सरकारी कार्यालय प्रमुखले गत बुधबार यस्ता अभिव्यक्तिहरूले युद्ध अपराधी नेतन्याहूलाई अझ धेरै अपराधहरू गर्न बल दिन्छ, किनकि उनीलाई पूर्ण समर्थन र प्रोत्साहन प्राप्त भइरहेको बताएका थिए ।

हमासका अधिकारी सामी अबु जुहरीले हमास-सम्बद्ध समाचार निकायलाई दिएको बयानमा ट्रम्पका धम्कीहरू निराधार छन् र यसको कुनै मूल्य छैन भनेका थिए ।

बिहीबार हमासका सैन्य प्रवक्ताले चेतावनी दिँदै यदि हाम्रो जनतामाथि आक्रमण तीव्र बनाइयो भने हामी बाँकी रहेका बन्धकहरूको हत्या गर्ने बताए ।

गत शनिबार, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इजरायललाई ४ बिलियन (अर्ब)को सैन्य सहायता तुरुन्तै उपलब्ध गराइने घोषणा गरे।

प्रतिक्रिया