अमेरिकी न्याय विभाग (डिओजी) ले दुई सक्रिय-कर्तब्य (ड्युटी) र एक पूर्व अमेरिकी सेना सैनिकलाई चीनलाई संवेदनशील सैन्य जानकारी बेच्ने षड्यन्त्रमा संलग्न भएको आरोप लगाएको छ। अभियुक्तहरूमा सम्भवत चीनिया मूलका नाम जस्तै भएका जियन झाओ ,लि टिआन र रुयो डुवान रहेका छन्।
अमेरिकी न्याय विभागका अनुसार टिआन र रुयो डुवानले ब्राडली र स्ट्राइकर लडाकु सवारीसाध लगायत अमेरिकी सेनाको कारवाही संचालन क्षमतासँग सम्बन्धित संवेदनशील जानकारी संकलन गरेका थिए। टिआन सक्रिय सेनामा रहेका थिए, जसले पूर्व सैनिक डुवान को लागि गोप्य जानकारी जुटाएको आरोप छ।
अर्का अभियुक्त झाओ जो अमेरिकी एक सेनाका आपूर्ति हवलदार सार्जेन्ट हुन । उनले अमेरिकी एचआइएमएआरएसर अमेरिकी सैन्य तयारीबारे जानकारी चीनलाई बेच्ने प्रयास गरेको उनलाई आरोप लगाईएको छ। उनले गोप्य सैन्य कागजात र अमेरिकी सरकारको सु-सांख्य (कम्प्युटर )बिक्री गर्न खोजेको बताइएको छ। स्रोतका अनुसार उनले यो जानकारीको बदलामा कम्तीमा १०,००० डलर प्राप्त गरेका थिए।
यस घटनालाई राष्ट्रघातको रूपमा लिइएको छ। अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले अभियुक्तहरूलाई “देशको रक्षा प्रणालीलाई कमजोर बनाउने कार्यमा संलग्न” भएको आरोप लगाएकी छन्। अमेरिकी एफबिआईक अधिकारीहरूले अमेरिकी सैन्य रहस्य बचाउन सर्वोच्च प्राथमिकता दिइनेकडा चेतावनी दिएका छन् ।
तीन अभियुक्तहरूले न्यायिक प्रक्रिया सामना गर्नुपर्ने र यदि उनीहरु दोषी ठहरिएमा गम्भीर सजायको सामना गर्नुपर्ने फक्सन्यूजले समाचार लेखेको छ ।
प्रतिक्रिया