विश्वराज वास्तोलालाई CICA International University बाट ‘Doctor of Philosophy’ मानार्थ उपाधि

इनेप्लिज २०८१ फागुन २२ गते २२:४७ मा प्रकाशित

न्युयोर्क, फेब्रुअरी २७, २०२५ – अमेरिकामा नेपाली समुदायबीच सुपरिचित समाजसेवी विश्वराज वास्तोलालाई CICA International University ले ‘Doctor of Philosophy in Humane Letters’ (मानव सेवामा दर्शनशास्त्रको डाक्टर) मानार्थ उपाधि (Honoris Causa) प्रदान गरेको छ। शिक्षा र सामाजिक सेवामा लामो योगदान नेपालमा शिक्षण क्षेत्रका अनुभवी व्यक्तित्व रहेका वास्तोला कास्कीस्थित अम्बिका मावि र सिर्जना वहिरा आवासीय उच्च मावि का प्रधानाध्यापक थिए। उनी नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य र नेपाल सरकारको विशेष शिक्षा परिषदका विशेषज्ञ समेत थिए। शिक्षण पेशामा रहँदा उनले जिल्ला र राष्ट्रिय स्तरका दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरेका थिए।

२०१० मा अमेरिका गएका वास्तोला हाल न्युयोर्कका स्थायी बासिन्दा हुन्। प्रवासमा समेत उनले जनसम्पर्क समिति, CCNC USA,अन्तर्राष्ट्रिय कास्की समाज, हेमजा समाज, वहिरा समाज, एनआरएन लगायत संस्थाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। समाजसेवामा अग्रणी योगदान कास्की समाज अन्तर्राष्ट्रिय परिषदका संरक्षक तथा नेपाली कांग्रेसका १४औं महाधिवेशनका केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका वास्तोला उत्तर अमेरिकाका नेपाली समुदायबीच लोकप्रिय समाजसेवी हुन्।

विश्वराज वास्तोला एन आर एन अमेरिकाको वर्ड अफ डाईरेक्टर भैसकेका छन्, BT Foundation USA का अध्यक्ष हुन् र टाउन अफ वेस्टरवेमा साउथ एसियन एडभाईजरी कमिटीका सदस्य रहेका छन्। नियमित रक्तदाता तथा रक्तदान अभियन्ता समेत रहेका उनलाई अमेरिकी समाजमा पुर्‍याएको योगदानको कदर गर्दै वेस्टर वे नगरले “Effective Organizer” र “Human Rights Defender” को रूपमा सम्मान गरेको थियो। सेप्टेम्बर ६ लाई “Bishwaraj Bastola Day” घोषणा गर्दै उक्त नगरले उनलाई आफ्नो सर्वोच्च सम्मान (Highest Honor) प्रदान गरेको थियो। त्यस्तै, न्युयोर्कको नासाउ काउन्टी ले उनलाई ‘नगरको गर्विलो सामाजिक नेता’ (Proud Community Leader of the County) भनेर सम्मान गरेको छ। नेपाली पहिचान प्रवर्द्धनमा सक्रियता CCNC USA ले आयोजना गरेको नेपालको झण्डा फहराउने ऐतिहासिक कार्यक्रम २०२३ सेप्टेम्बर २३ मा लङ आइल्याण्डको हेम्पस्टेड नगरमा सम्पन्न भएको थियो। यस कार्यक्रमको संयोजन विश्वराज वास्तोलाले गरेका थिए, र यस कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्य, प्रवक्ता मोति तिम्सिना, अमेरिकामा नेपाली राजदूत, र विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

समाजसेवामा विशेष सम्मानहरू COVID-19 महामारीको कठिन समयमा “COVID 19 Relief Personal Protection Item” कार्यक्रममा सक्रिय सहभागिता गरेकोमा नेपाल भिजन इंक द्वारा विशेष सम्मान प्रदान गरिएको थियो। त्यस्तै, संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको सम्बन्धित कार्यालयबाट उनलाई “राष्ट्रपति स्वयंसेवी सेवा पुरस्कार” हस्तान्तरण गरिएको थियो। यो पुरस्कार संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राई द्वारा प्रदान गरिएको हो। न्यूयोर्क शहरका मेयर एरिक आडम्सले वास्तोलाले कोविडको जटिल समयमा मानिसहरूलाई बचाउन गरेको योगदानमा कोविड हिरो भनेर प्रशंसा गरेका छन्। अमेरिकी कांग्रेसका सदस्य थोमस आर. सुओजी द्वारा न्युयोर्कको थर्ड कंग्रेसनल डिस्ट्रिक्ट तर्फबाट रक्तदान प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष प्रमाणपत्र प्रदान गरिएको थियो। वास्तोलाले ५१ पटक रक्तदान गरेका छन् भने, उनले अनगिन्ती रक्तदान कार्यक्रमहरू आयोजना गर्नुका साथै रक्तदानको महत्त्वबारे जनचेतना फैलाउँदै आएका छन्।

CICA International University को मानार्थ उपाधि CICA International University ले शिक्षा, समाजसेवा, र मानव अधिकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको सम्मानस्वरूप यो प्रतिष्ठित उपाधि प्रदान गरेको हो। नेपाली समुदायका अग्रणी व्यक्तित्वहरूको प्रतिक्रिया विश्वराज वास्तोलाले हासिल गरेको ‘Doctor of Philosophy in Humane Letters’ मानार्थ उपाधिमा नेपाली समाजका अग्रणी व्यक्तित्वहरू वैदप्रसाद खरेल, नवराज केसी, सिसिएनसी USA का अध्यक्ष बाबुराम शर्मा लगायतका विभिन्न सामजिक र शैक्षिक व्यक्तित्वहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूले वास्तोलाको समाजसेवामा उल्लेखनीय योगदान र शिक्षा क्षेत्रको उन्नतिमा पुर्‍याएको प्रभावको सराहना गर्दै उपाधि प्राप्तिमा बधाई दिएका छन्।

प्रतिक्रिया