राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात गरिने अधिकांश सामानमाथि लाग्ने २५% भन्सार शुल्क एक महिनाका लागि स्थगित गरेको घोषणा गरेका छन्। यो निर्णय मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमसँगको वार्तापछि आएको हो।
यो शुल्क अमेरिका –मेक्सिको–क्यानडा सम्झौता अनुरूप रहेका सामानहरूमा लागू हुनेछ।
यस्ले उत्तर अमेरिकी स्वतन्त्र व्यापारमा निर्भर रहेका उद्योगहरूलाई अस्थायी राहत दिएको छ,विशेष गरी गाडी निर्माण गर्ने उधोग क्षेत्रलाई।
फोर्ड, जेनेरल मोटर्स, र स्टेलान्टिस जस्ता ठूला गाडी निर्माता प्रतिष्ठानका सेयर मूल्य ट्रम्पको घोषणापछि वृद्धि भएको छ।
व्यापार सचिव होवार्ड लुटनिकका अनुसार अमेरिकी निर्यातमाथि कर लगाउने देशहरूलाई लाग्ने प्रत्युत्तरात्मक करहरु भने अप्रिल २ देखि लागू हुनेछन्।
यो घोषणा गरिएको भन्सार शुल्क योजना फेब्रुअरीको सुरुमा प्रस्तावित गरिएको थियो, तर यो दोस्रो पटक स्थगित गरिएको हो।
प्रतिक्रिया