राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्च ४ का दिन कंग्रेसलाई सम्बोधन गर्ने क्रममा १३ वर्षे अबुर्द (क्यान्सर )जितेका बालकलाई गुप्तचर बिभागमा गुप्तचरको रुपमा स्वागत गरेका छन् । अर्थात् उनले १३ बर्षको उमेरमै गुप्तचर सेवामा काम गर्ने मौका पाए । यो उनलाई ठूलो सम्मान हो ।
ट्रम्पले युवा जसले अबुर्द रोग (क्यान्सर )जितेका थिए उक्त बालकलाई सम्मान गरे, जसको सपना प्रहरी बन्ने थियो।
१३ बर्षिय बालक डीजे ड्यानियल जसले अबुर्द रोग (क्यान्सर) जिते उनले गत मंगलबार राती सबैको ध्यान आकर्षित गरे । राष्ट्रपति ट्रम्पले उनलाई उपस्थित दर्शकसँग परिचय गराउँदै उनलाई औपचारिक रूपमा सीक्रेट सर्भिसको सदस्य( गुप्तचर बिभागको गुप्तचर)को रूपमा शपथ दिलाए।
आज राति हामीसँग सभाकक्षमा एक किशोर छन् जसले साँच्चै हाम्रो प्रहरीलाई माया गर्छन् ,ट्रम्पले भने। उनको नाम डीजे ड्यानियल हो, १३ वर्षका छन्, र उनी सधैं प्रहरी बन्ने सपना देख्थे। तर २०१८ मा डीजे लाई मस्तिष्कको अबुर्द रोग (क्यान्सर)को भएको पत्ता लाग्यो। चिकित्सकहरूले उनलाई पाँच महिना मात्र बाँच्न भनेका थिए। त्यो घटना ६ वर्षभन्दा अगाडि हो,ट्रम्पले भने ।
आज राति, डीजे, हामी तपाईलाई सबैभन्दा ठूलो सम्मान दिनेछौं,ट्रम्पले भने। मैले हाम्रो नयाँ गुप्तचर बिभागका निर्देशक शान करनलाई आधिकारिक रूपमा तपाईलाई संयुक्त राज्य अमेरिकाको गुप्तचर (एजेन्ट) बनाउने अनुरोध गरेको छु।
डीजे ड्यानियलको साथमा उनको पिता पनि उपस्थित थिए। डीजे ड्यानियललाई अधिकांश दर्शकहरु उठेर ताली बजाउँदै किशोरलाई स्वागत गरेका थिए ।
प्रतिक्रिया