पेन्टागनका प्रवक्ता सीन पार्नेलले सोमबार राति सामाजिक संजाल एक्समा प्रकाशन गरिएको श्रब्यदृश्यमा सरकारी दक्षता बिभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (DOGE)ले रक्षा विभागमा लगभग ८० मिलियनको ‘अनावश्यक खर्च’ को पत्ता लगाएको बताए।
पार्नेलले यो खर्च मुख्यतया विविधता, समानता, समावेशिता (डिइआईI) कार्यक्रमहरू र जलवायु परिवर्तनसँग सम्बन्धित पहलहरूमा भएको बताए।
उदाहरणहरूमा मोंटाना विश्वविद्यालयलाई लोकतन्त्र सुदृढ गर्न ६ मिलियन, अफ्रिकी साहेलको जलवायु अध्ययन गर्न फ्लोरिडा विश्वविद्यालयलाई १.६ मिलियन, र वायु सेनाको डिइआई रूपान्तरण र प्रशिक्षण कार्यक्रमको लागि १.९ मिलियन समावेश छन्।
रक्षा सचिव पिट हेगसेथले अनावश्यक खर्च हटाएर सैन्य बल सुदृढ गर्ने प्राथमिकता व्यक्त गरेका छन्।
प्रतिक्रिया