मार्च ३ तारीख।वासिङ्टन डि. सी । झापाली समाज अमेरिकाको हालै निर्वाचित कार्य समितिले आफ्नो कार्यकाल २०२५ देखी २०२७ सम्मका लागि एक सल्लाहकार समिती गठन गरेको छ । उक्त सल्लाहकार समितीमा बिगतका कार्यका का सल्लाहकारहरू यथावत नै हुनुहुन्छ भने केही नयाँ थप हुनु भएको छ ।
सो सल्लाहकार समिती मा डा.शम्भु ढुंगाना -क्यालीफोर्नीया,डा . दिनेश मैनाली -टेक्सास,डा . मदन उप्रेती -भर्जिनिया, प्रेम सँग्रौला – भर्जिनिया, डा.गोपी उप्रेती – भर्जिनिया, हेम पाठक,टेक्सास, अन्तरराष्ट्रिय झापाली समाजका हालका अध्यक्ष मुकुन्द ढुंगाना – क्यालीफोर्नीया, ईन्जा ( पत्रकारहरूको सस्था ) का अध्यक्ष- गुणराज लुइटेल -भर्जिनिया, एनआरएन भर्जिनिया – अध्यक्ष बिशाल कार्की, भर्जिनिया तथा एएनएका हालका अध्यक्ष खगेन्द्र अधिकारी हुनुहुन्छ ।
आगामी अप्रिल ११ र १२ तारिख, २०२५ मा वासिङ्टन डि. सी . मा हुने चौथो क्षेत्रिय झापाली सम्मेलनमा यो सल्लाहकार समिती निक्कै सक्रीय र भब्य सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएको छ ।
प्रतिक्रिया