अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिउसो ताइवानी अर्ध संवाहक निर्माण प्रतिष्ठान -टिएसएमसले संयुक्त राज्य अमेरिकामा १०० विलियव (अर्ब )डलरको लगानी घोषणा गर्ने छन्।
सूत्रहरूका अनुसार टिएसएमसीले आगामी चार वर्षमा अमेरिकी भूभागमा अत्याधुनिक चिप उत्पादन संयन्त्रहरू विस्तार गर्ने योजना बनाएको छ। प्रतिष्ठानका प्रमुख(सीईओ सी.सी. )वेईले राष्ट्रपति ट्रम्पसँग भेटेर यो लगानी योजनाको विस्तृत जानकारी दिनेछन्।
अहिले १ः३० बजे ह्वाइट हाउसबाट घोषणा हुने सिविएसन्यूजले जनाएको छ।
यो लगानी मुख्यत: एरिजोना राज्यमा नयाँ चिप कारखाना निर्माणका लागि प्रयोग गरिनेछ।
टिएसएमसीले यसअघि नै एरिजोनामा आफ्नो पहिलो कारखानामा ४-न्यानोमिटर प्रविधिमा आधारित चिपहरूको उत्पादन सुरु गरिसकेको छ, र दोस्रो कारखानामा सन् २०२८ भित्र २-न्यानोमिटर प्रविधि विकास गर्ने लक्ष्य राखेको छ।
यो घोषणा अमेरिकाको अर्धचालक उत्पादनलाई प्रवर्द्धन गर्दै एशियाली निर्माणमाथिको निर्भरता घटाउने प्रयासको हिस्सा हो।
यस लगानीले हजारौं रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ, तर निर्माण कार्यको विस्तृत कार्यतालिका भने सार्वजनिक गरिएको छैन।
प्रतिक्रिया