लस एन्जलसमा अस्कार पुरस्कार समारोह राती ३.९ परिमाणको भूकम्प

इनेप्लिज २०८१ फागुन १९ गते १२:३१ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस शहरमा सम्पन्न अस्कार पुरस्कार समारोह राती ३.९ परिमाणको भूकम्पको आएको छ ।

सिएनएनका अनुसार गत आइतबार राति करिब १०:१५ बजे ३.९ म्याग्निच्युड(परिमाण)को भूकम्प सान फर्नान्डो उपत्यकामा गएको थियो, जसको झट्का लस एन्जलसको वरपर महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र उत्तर हलिवुडबाट १.२ माइल पूर्व-दक्षिणपूर्वमा रहेको थियो। यो भूकम्प चलचित्र उद्योगको ठूलो पुरस्कार समारोह अस्कार सम्पन्न भएको केही घण्टापछि गएको हो।

भूकम्प करिब १० माइल गहिराइमा गएको भए पनि कुनै ठूलो क्षति वा घाइतेको तत्काल कुनै विवरण प्राप्त नभएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

लस एन्जलस क्षेत्रका ८,००० भन्दा बढी व्यक्तिले भूकम्पको झट्का महसुस गरेको बताएका छन्। पत्रकारहरूले भूकम्पको केन्द्र नजिकै रहेका स्थानहरूमा बलियो कम्पन महसुस गरेको समाचार लेखेका छन् ।

प्रतिक्रिया