युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग व्हाइट हाउसमा विवाद भए पछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई अमेरिकाको भर्मन्ट राज्यमा प्रदर्शनकारीहरुले बिरोध प्रदर्शन गरेका छन् ।
ओभल कार्यालयमा युक्रेनबारे भएको तनावपूर्ण छलफलको भोलिपल्ट भान्सको परिवारसँगै सप्ताहन्त मनाउन भर्मन्टको स्की रिसोर्ट (मनोरंजनस्थल)पुगेका बेला उनीहरू प्रदर्शनकारीहरूले प्रचार सामग्रीहरु प्रदर्शन गर्दै बिरोध गरेको सिबिएसन्यूजले जनाएको छ ।
सयौँ प्रदर्शनकारीहरूले युक्रेनको समर्थनमा प्रचार सामग्री(पोस्टर) बोकेका थिए भने केही विरोधीहरू प्यालेस्टिनी झन्डा वा आप्रवासी अधिकारको समर्थन गर्ने प्रचार सामग्री (पोस्टर )देखाइरहेका थिए। उनीहरू भर्मन्टको विभिन्न स्थानमा विशेष गरी वेट्सफिल्ड सडकको दुबै किनारमा भेला भएका थिए।
सिबिएसन्यूजका अनुसार यद्यपि प्रदर्शनको योजना केही दिन अगाडि नै बनेको थियो । तर गत शुक्रबार ओभल कार्यालयमा राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति भान्स र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचको तनावपूर्ण बहसले प्रदर्शनकारीहरूलाई झन् उर्जा प्रदान गर्यो।
भान्सले जेलेन्स्कीलाई ट्रम्पको भनाईको खण्डन गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उक्त आश्रयस्थल (रिसोर्ट)मा दिनभरि केही प्रदर्शनकारीहरू देखिए, तर सबै शान्तिपूर्ण थिए र कुनै अवरोध सिर्जना गरेनन्,” सुगरबुश रिसोर्टका प्रवक्ता जोन ब्लेहले आइतबार बिधुतिय पत्र (इमेल)मार्फत सिबिएसन्यूजलाई जानकारी दिए।
उनले थप टिप्पणी गर्न अस्वीकार गर्दै पत्रकारहरूलाई ह्वाइट हाउसलाई सम्पर्क गर्न सल्लाह दिए।
प्रतिक्रिया